Stories By 'लक्ष्मी साह'
पूर्व–पश्चिम राजमार्गमा लुटेराहरु सल्बलाउन थालेका छन् । सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोष्ट ‘पिकेट’ राजमार्गबाट हटाईएपछि लुटेराहरु पुनः सल्बलाउन थालेका हुन् । केही बर्षअघि मकवानपुरको चुरियामाईदेखि रौतहटको धन्सर खोला छेउसम्मको राजमार्गमा अपहरण, लुटपाट र हत्याका घटना हुने गरेका थिए । राजमार्गमा सुरक्षा चुनौती बढेपछि सुरक्षा निगरानीमा कडाइ गरिँदा अपराधिक क्रियाकलाप घटेको थियो ।
पूरा पढ्नुहोस्
गत साता बारा र पर्सामा आएको हावाहुरीमा परी मृत्यु हुनेको संख्या २९ पुगेको छ । भीषण हुरीको चपेटामा परी घाइते भएका थप दुई जनाको मृत्यु भएको हो । हावाहुरीमा परी बारामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । पर्सा जिल्लाको एक र बाराको २८ गरी दुबै जिल्लामा गरी मृत्यु हुनेको संख्या २९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
असिना पानीसँगै आएको हावाहुरीका कारण बारा र पर्सामा ३५ जनाको मृत्यु भएको प्रदेश २ सरकारले जनाएको छ । रौतहटमा समेत गरी ५ सय बढी घाइते भएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बारामा ३४ र पर्सामा १ जनाको मृत्यु भएको बताउनुभयो । 
पूरा पढ्नुहोस्
असिना र पानीसँगै आएको हावा हुरीले मध्य तराईको बारा, पर्सा र रौतहटमा ठूलो धनजनको क्षति भएको छ । हावाहुरीले बारा जिल्लाको विभिन्न ठाउँमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । 
पूरा पढ्नुहोस्
प्रश्नपत्र बाहिरिएपछि एसइई अन्तर्गत प्रदेश नम्बर २ मा आज हुने भनिएको सामाजिक विषयको परीक्षा पनि स्थगित भएको छ । सप्तरीमा प्रश्नपत्र बाहिरिएपछि हिजो हुने भनिएको विज्ञान विषयको परीक्षा पनि चैत २२ गतेका लागि सारिएको थियो ।   
पूरा पढ्नुहोस्
लापरवाहीपुर्वक गाडी चलाउँदा बाराका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेलको मृत्यु भएको अभियोग लागेका चालक जगतनारायण कुर्मीलाई जिल्ला अदालत बाराले थुनामा पठाउने आदेश दिएको छ ।
पूरा पढ्नुहोस्