Stories By 'लाल प्रसाद शर्मा'
गण्डकी प्रदेशभित्र उद्योग संचालनका लागि अबदेखि प्रदेशमै दर्ता गर्नुपर्ने भएको छ । प्रदेशभित्र हाल संचालित उद्योग प्रदेशमै स्वतः दर्ता भएको मानिने र यस्ता उद्योगले ९० दिनभित्र अभिलेखिकरण र अद्यावधिक भने गर्नुपर्नेछ । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेश गरेको औद्योगिक व्यवसाय ऐनलाई आज बसेको बैठकले पारित गरेसंगै प्रदेशमा औद्योगिक क्षेत्र, ग्राम स्थापना, उद्योग दर्ता, नियमन, वर्गीकरण, उद्योगलाई प्रदान गरिने सहुलियत सम्वन्धी व्यवस्थाको बाटो खुलेको हो ।
पूरा पढ्नुहोस्
सामान्य विवादमा चक्कु प्रहार गरी गर्भवती र उनका श्रीमानको हत्या गरी फरार ताप्लेजुङका ३७ वर्षीय सामा माइला भन्ने चतुर्मान लिम्बु १० वर्षपछि पक्राउ परेका छन् । सामा गाउँपालिका ९ ताप्लेजुङ घर भई पोखरा १६ बाटुलेचौरमा बस्दै आएका उनलाई आज प्रहरीले पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्
मनाङ ख बाट प्रदेशसभामा निर्वाचित दिपक मनाङे नामले चिनिने राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । गुरुङलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले केहीबेर अघि साँझ प्रदेशसभा सदस्य पदको सपथ खुवाउनु भएको हो ।
पूरा पढ्नुहोस्
गण्डकी प्रदेशसभाले मनाङ ख बाट निर्वाचित दीपक मनाङे भनिने राजीव गुरुङलाई तत्काल सपथ नखुवाउने भएको छ । सभामुख नेत्रनाथ अधिकारीको अध्यक्षतामा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कानुन अनुसार हुने भन्दै तत्काल सपथ नखुवाउने निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
गण्डकी प्रदेशसभा सासंद टेक बहादुर घर्तिको निधन भएको छ । बागलुङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद टेकबहादुर घर्तीको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा आज निधन भएको छ ।
पूरा पढ्नुहोस्
संघीय सरकारले काममा सहज हुने गरी कर्मचारी समायोजन र व्यवस्थापन गर्न नसकेको र कर्मचारी अभावमा विकास निर्माणका कामले गति लिन नसकेको गण्डकी प्रदेशका गाउँपालिका अध्यक्षहरुले आरोप लगाएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशको पहिलो अधिवेशनका सहभागीले डेढ वर्षसम्म धैर्य गरी बसेको भन्दै तुरुन्त कर्मचारी समायोजन गर्नुपर्ने बताए ।
पूरा पढ्नुहोस्