Stories By 'विष्णुलाल बुढा'
नेपालकै गहिरो फोक्सुण्डो तालको किनारमा रहेको रिग्म गाउँको बीचमा रहेको शाङ्खे लामाको गुम्बाबाट आधा दर्जन बुद्ध मूर्ति चोरी भएका छन् । गाउँका मानिसहरु र गुम्बाका शाङ्खे लामाका परिवारहरु पनि यार्चाकुन्भु टिप्न पाटन गएको मौका छोपेर मूर्ति चोरी भएको हो ।
पूरा पढ्नुहोस्
यार्सागुम्बा टिप्न डोल्पाको पाटन पुगेका ३ जनाको लेक लागेर मृत्यु भएको छ । लेक लागेर बिरामी परेका १ जनाको उद्वार गरिएको छ । यार्सागुम्बा टिप्न ठूलीभेरी नगरपालिका वडा नं. १० मा पर्ने ग्यालबारा पाटन पुगेका त्रिपुरासुन्दरी नगरपालिका १० लिकुका ३२ वर्षीय नारायणप्रसाद पाहाडीको लेक लागेर बिरामी भएपछि सदरमुकाम दुनै ल्याउने क्रममा बाटो मै मृत्यु भएको लिकुका निराजन खत्रीले बताए ।
पूरा पढ्नुहोस्
डोल्पाका अधिकांश स्थानीयहरु यार्सा गुम्बा टिप्न पाटन तर्फ लागेपछि दुनै, जुफाल र त्रिपुराकोट बजारका साथै गाउँ सुनसान बनेका छन् । यार्सागुम्बा संकलनका लागि प्राय: स्थानीय मात्र होइन काम गर्न आएकाहरु समेत पाटन तर्फ गएपछि सदरमुकाम दुनै बजार सुनसान बनेको हो । यो अवस्था डोल्पाका अन्य बजारहरु जुफाल र त्रिपुराकोट बजारमा पनि रहेको स्थानीय हेमराज हमालले बताए ।
पूरा पढ्नुहोस्
नगरपालिकाको केन्द्र सारेको विरोधमा डोल्पामा जारी बन्द फिर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पा र बन्दकर्ताबीचको सहमति अनुसार केन्द्र सारेको विरोधमा भईरहेको सम्पूर्ण बन्द फिर्ता गरिएको छ भने शान्तिपूर्ण आन्दोलन जारी रहने छ ।
पूरा पढ्नुहोस्
डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र सारेको भन्दै आन्दोलित बनेका स्थनीयले दोश्रो दिन आज पनि सदरमुकाम दुनै बजार बन्द गराएका छन् । बिना जानकारी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको विरोधमा स्थानीयले बजार, पसल, शिक्षण संस्था बन्द गराएका हुन् । नगरपालिकाका प्रमुखले निर्णयमा जालसाजी गरेर जानकारी नै नगराई केन्द्र दुनैबाट जुफाल सारेको भन्दै दुनै बासीले बजार बन्द गराएका हुन् ।
पूरा पढ्नुहोस्
शैक्षिक सत्र शुरु भएको १३ दिनपछि डोल्पाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु गरिएको छ । डोल्पाका पुस्तक वितरकलाई नेपालगञ्जमा ढिलो गरी पुस्तक प्राप्त भएका कारण शैक्षिक सत्र सुरु भएको १३ दिनपछि मात्र पाठ्यपुस्तक वितरण सुरु भएको हो ।
पूरा पढ्नुहोस्