Stories By 'शाहीमान राई'
पाँचथरमा जारी नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको भोलि हुने फाइनल खेलमा सुनसरी ११ र मोरङ ११ बीच प्रतिस्पर्धा हुंदैछ । दुवै समूहमा राष्ट्रिय स्तरको प्रतियोगितामा पटक/पटक प्रतिस्पर्धा गरेर बाजी मार्न सफल उत्कृष्ट खेलाडी समावेश रहेकोले रोचक, आकर्षक र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्नेमा शंका छैन ।
पूरा पढ्नुहोस्
मोरङ ११, पाँचथरमा जारी फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । उपाधिका लागि मोरङले छिमेकी जिल्ला सुनसरी ११ सँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा सुनसरीले रुपन्देही ११ लाई पराजित गरेको थियो ।
पूरा पढ्नुहोस्
पाँचथर र ताप्लेजुङको सिमावर्ती काबेली खोलामा निर्माणाधिन काबेली ‘ए’ जलविद्युत आयोजनाले काबेली खोलाको किनारामा रुद्राक्ष जोन निमार्ण गरेको छ । आयोजनाले सामुदायिक वन क्षेत्र विनास गरेवापत क्षतिपूर्ति स्वरुप खरिद गरिदिएको जमिनमा रुद्राक्षको बिरुवा रोपेर रुद्राक्ष जोन बनाएको हो ।
पूरा पढ्नुहोस्
वाम गठबन्धनको जीतले पाँचथरमा लोकतान्त्रिक गठबन्धनलाई धक्का लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, राप्रपा राष्ट्रवादी, नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धनलाई नेकपा एमाले, माओवादी केन्द्रको वाम गठबन्धनले फराकिलो अन्तरले पराजित गरेर धक्का दिएको हो ।नेपाली कांग्रेस र नेकपा एमाले समर्थकबीच झण्डै बराबरको संख्या भएपनि एमालेसित माओवादी केन्द्रवीच वाम गठबन्धन भएपछि कांग्रेसले पनि राप्रपा र राप्रपा राष्ट्रवादीलाई समेत मिलाएर लोकतान्त्रिक गठबन्धन गरेका थिए ।
पूरा पढ्नुहोस्
मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना शुरु गरिएको छ । पहिलो मत परिणामअनुसार पाँचथर क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका वसन्तकुमार नेम्बाङले अग्रता शुरु गरेका छन् ।पहिलो मतपरिणाम अनुसार वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका बसन्तकुमार नेम्बाङले एक हजार ४ सय २९ मत प्राप्त गरी अग्रता शुरु गरेका छन् ।
पूरा पढ्नुहोस्
ताप्लेजुङ र पाँचथरको सिमावर्ती कावेली खोलावाट अर्को कावेली कस्केड जलविद्युत आयोजना निर्माण हुने भएको छ । अरुणभ्याली हाइड्रोपावर डेभ्लप्मेन्ट कम्पनीले ९ दशमलव ९ मेगावाट क्षमताको काबेली कस्केड आयोजना निर्माणको लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता प्रक्रिया अघि बढाएको जनाएको छ ।
पूरा पढ्नुहोस्