Stories By 'सन्तोष सिंह'
प्रदेश २ को सरकारले प्रदेश सभामा टेबल गरेको सञ्चार विद्येयक संशोधनका लागि प्रक्रिया अगाडी बढाएको छ । प्रदेश सभामा टेबल गरेकोे संचार सम्बन्धी विधेयकमा प्राविधिक त्रुटिबस  जरिवाना सम्बन्धी वाक्यांश पर्न गएकोले संशोधनका लागि प्रक्रिया अघि बढाइएको  प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताउनुभयो ।
पूरा पढ्नुहोस्
असिना पानीसँगै आएको हावाहुरीका कारण बारा र पर्सामा ३५ जनाको मृत्यु भएको प्रदेश २ सरकारले जनाएको छ । रौतहटमा समेत गरी ५ सय बढी घाइते भएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बारामा ३४ र पर्सामा १ जनाको मृत्यु भएको बताउनुभयो । 
पूरा पढ्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी प्रकरणमा सत्य–तथ्य छानबिन हुनेमा आशंका व्यक्त गर्नुभएको छ ।
पूरा पढ्नुहोस्
मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम प्रदेश २ का सबै जिल्लामा सुरु भएको छ । मुख्यमन्त्री लालबाबु राउतले आज धनुषामा पत्रकार सम्मेलन मार्फत गत माघ १ गते देखि लागू हुने गरी प्रदेशका सबै जिल्लामा सो कार्यक्रम सुरु भएको घोषणा गर्नुभयो ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश २ को नाम मिथिला र भाषा मैथिली हुनु पर्ने बताउनुभएको छ । प्राचिन शहर जनकपुर नै प्रदेशको राजधानी लागि उपयुक्त हुने कांग्रेस सभापति देउवाको भनाई छ ।
पूरा पढ्नुहोस्
रामजानकी विवाह महोत्सवको आज अन्तिम दिन, राम कलेवा मनाईएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिर परिसरमा आयोजित भण्डारामा पकवान खुवाएर राम कलेवा मनाइएको हो ।
पूरा पढ्नुहोस्