Stories By 'हरिहरसिंह राठौर'
वर्षाका कारण पृथ्वीराजमार्गको धादिङ खण्ड आसपास सञ्चालित इँटा भट्टा उद्योगले करोडौँको नोक्सानी व्यहोर्नु परेको व्यवसायीले गुनासो गरेका छन् । पटक–पटकको वर्षाले गत माघबाटै ठप्प प्रायः भएका इँटा उद्योगले गत सोमवारदेखि पुनः सुरु भएको हावाहुरीले थप क्षति बेहोरेका हुन् ।
पूरा पढ्नुहोस्
उचित मूल्य नपाएका कारण चितवन र नवलपरासीका किसानले बारीमै तरकारी नष्ट गरेको महिनादिन नबित्दै धादिडका किसानहरु पनि बारीमै तरकारी नष्ट गर्न बाध्य भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा तरकारी जोन घोषणा गरिएका पृथ्वीराजमार्ग वरपरका तरकारी पकेट क्षेत्रहरुमा अत्यधिक मात्रामा बेमौसमी तरकारी खेती उत्पादन हुने गरेको छ ।
पूरा पढ्नुहोस्
पृथ्वीराजमार्गमा शुक्रबार भएको सवारी दुर्घटनामा मृत्यु भएका युवकका आफ्न्तले शनिबार धादिङमा संचालन हुने सवारी साधन ठप्प पारेका छन् । पृथ्वीराजमार्गको थाक्रे १ एक्लेफ‘ाटमा शुक्रबार बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो । एक जना घाईते भएका थिए ।
पूरा पढ्नुहोस्
लागू औषध नियन्त्रण ब्युरोको सहयोगमा धादिङ प्रहरीले गजुरीबाट ९० लाख रुपैयाँ बराबरको चरेश बरामद गरेको छ । भारत लैजान लागेको सूचनाको आधारमा तीन सय ६० किलो चरेश सहित ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
धादिङमा  सञ्चालित क्रसर र बालुवा प्रशोधन गर्ने उद्योगहरुलाई मापदण्ड अनुरुप सञ्चालन गर्न स्थानीय निकायहरुले चासो नदेखाए पछि जिल्ला स्तरिय अनुगमन समिती समस्यामा परेको छ । पृथ्वीराजमार्गसँग जोडिएका उद्योगहरुलाई स्थानीय निकायहरुले नियमन तथा स्थानान्तरण गर्न चासो नदेखाए पछि अनुगमन समिती आफै समस्यामा परेको हो ।
पूरा पढ्नुहोस्
धादिङको गंगाजमुना –५ स्थित मण्डली माविबाट प्रहरीले अवैध पेस्तोल सहित तीन जना युवालाई पक्राउ गरेको छ । अवैध हतियार सहित पक्राउ पर्नेमा खनियाबासका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिष थापामगर र २३ वर्षीय बिशाल गुरुङ रहेका छन् । उनिहरुको साथबाट एक थान चाइनिज पेस्तोल सहित ७ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक श्याम महतोले जानकारी दिनुभयो ।  
पूरा पढ्नुहोस्