Stories By ' '
रोजगारीको लागि मलेसिया गएका एक लमजुङे युवकको घरबाट गएको ३ महिनामै निधन भएको छ ।लमजुङको दूधपोखरी गाउँपालिका १, दूधपोखरीको डाँडागाउँका २१ वर्षीय कुमार गुरुङको निधन भएको पारिवारिक स्रोतले बताएको छ । उनी गत माघ ११ गतेमात्रै काठमाडौंबाट मलेसिया उडेको पारिवारिक स्रोतले बताएको छ ।
पूरा पढ्नुहोस्
प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोचे अनुरुप प्रदेश सरकार अघि बढ्न नसकेको बताउनु भएको छ । कार्यसंचालनमा समेत समस्या परेको उहाँले बताउनुभयो । सबै काम शुन्यबाट सुरु भएकाले अलमलमा परेको भन्दै उहाँले कुनै स्रोत साधन र योजनाबिना प्रदेश संचालन गर्न बाध्य भएको बताउनुभयो । ‘
पूरा पढ्नुहोस्
नेपाल राष्ट्र बैंकले मुलुकभरका ६० प्रतिशत नागरिक अझैं वित्तीय वा बैंकको पहुँच भन्दा टाढा रहेको जनाएको छ । राष्ट्र बैंकका अनुसार बैँकको सुविधा लिएका ४० प्रतिशत नागरिक मध्ये ४२ प्रतिशत नागरिकले मात्रै ऋणको सुविधा उपभोग गरेको जनाएको छ । ५२ प्रतिशत नागरिकले रकम जम्मा गर्ने गरेको छ । २० प्रतिशत युवाले बैंकमा पैसा नराख्ने गरेको पाइएको छ ।
पूरा पढ्नुहोस्
रोजगारीका लागि कतारमा रहेका एक नेपाली युवक दुई सातादेखि बेपत्ता छन् । लमजुङ्को मध्य नेपाल नगरपालिका ६ भोर्लेटार पाखुरीचोकका ३५ वर्षीय श्रीकृष्ण घिमिरे हराएको त्यहाँस्थित नेपालीले बताएका छन् । गत फेब्रुअरी २४ (फागुन १२ गते) देखि कतारको सनैया सहरबाट हराएका उनी हालसम्म सम्पर्कमा नआएको लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताए ।
पूरा पढ्नुहोस्
लमजुङको क्व्होलासोंथर गाउँपालिका ८, घाम्राङमा फागुन २६ र २७ गते आयोजना गरिने छैटौं अलैंची महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । सो महोत्सवमा ७ वटा स्टल मार्फत १४ जिल्लाको अलैंची प्रदर्शन गरिने भएको छ । महोत्सवमा अलैंची व्यवसायी संघसंग आवद्ध १४ जिल्लाका अलैंची किसान, अलैंची विज्ञ, व्यवसायीबीच अन्तरक्रिया गर्नुका साथै अलैंचीको गुणस्तर पहिचान गरिने भएको छ ।
पूरा पढ्नुहोस्
नेपाली नाट्य क्षेत्रमा क्रियाशील त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक डा. अशोक थापालाई मञ्जरी नाट्य समूह लमजुङले सम्मान गरेको छ । समूहको प्रस्तुतीमा नाटक ‘पानीघट्ट’ मञ्चन हुँदै गर्दा मञ्जरीले डा. थापालाई सम्मान गरेको हो । पुरु लम्सालको लेखन तथा निर्देशनमा बनेको नाटक ‘पानीघट्ट’ बेंसीसहरमा बिहीबार, शुक्रबार र शनिबार प्रदर्शन गरिएको थियो ।
पूरा पढ्नुहोस्