Stories By ' अमृता अनमोल'
रुपन्देहीको देवदहमा अज्ञात समुहको आक्रमणबाट अमिस पुरीको मृत्यु भएको छ । खैरेनीबाट भलुहीतर्फ जाँदैगरेको मोटरसाइकलमा सवार अन्दाजी २० बर्षिय  पुरीलाई देवदह नगरपालिका वडा नम्बर ५ का पुरी बाटोमै अज्ञात समुहले आक्रमण गरेको इलाका प्रहरी कार्यलय, बुटवलका डिएसपी डिलबहादुर मल्लले बताउनुभयो ।
पूरा पढ्नुहोस्
मुस्लिम अगुवा तथा मौलानाहरुले प्रदेश ५ मा मदरसा शिक्षा बोर्ड गठन गर्न माग गरेका छन् । विद्यालय तहको मुस्लिम समुदायको इस्लामिक शिक्षालाई व्यवस्थित गर्न र आधुनिक शिक्षाको मूल प्रवाहसँग जोड्न प्रादेशिक मदरसा बोर्ड गठन हुनुपर्ने उनीहरुको माग छ । 
पूरा पढ्नुहोस्
रुपन्देही प्रदेश  ५ को सरकार स्थापनाको वर्षदिन पुगेको अवसरमा आज प्रथम स्थापना दिवस मनाउँदैछ । दिवसको अवसर पारेर आज  प्रदेशभर सार्वजनिक विदा दिएको छ । दिवसको अवसरमा आज बुटवलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । 
पूरा पढ्नुहोस्
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, १० शंखरापुरमा प्रहरी कारबाहीमा मारिएका व्यक्ति ‘मोस्ट वान्टेड’ रहेको खुलेको छ । गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएपछि जवाफी कारबाहीमा मारिएका व्यक्ति, हत्या अभियोगमा जेलबाट भागेका अभियुक्त केदार साहनी भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले हचुवाका भरमा शैक्षिक संस्थालाई करोडौँ रकम बाँडेको सांसदहरुले आरोप लगाएका छन् । मन्त्रालयले अनुदान बाँड्दा मन्त्री र कर्मचारीका रोजाइका क्याम्पसले अनुदान पाएको, आफू अनुकुलका क्याम्पस छानेको र पारदर्शिता नअपनाइएको उनीहरुको दाबी छ  ।
पूरा पढ्नुहोस्
मुलुककको करिब ६५ प्रतिशत जनशक्ति कृषिमा निर्भर छ । तर कृषि प्रविधि पढेको जनशक्ति नै नलाग्दा कृषिमा आधुनिकीकरण र लगानी अनुसारको प्रतिफल पाउन सकिएको छैन । यो समस्या रोक्न प्रदेश ५ मा भावी किसानका लागि सहयोगी कार्यक्रम सुरु गरेको छ । प्रदेशको कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयले कृषि विज्ञानमा स्नातक गरेका विद्यार्थीलाई आर्थिक सहयोग गरी कृषि काममा लगाउने छ ।
पूरा पढ्नुहोस्