Stories By ' एलपी देवकोटा '
जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान दुर्घटना भएको हो । चालक र यात्रु सकुशल रहेको हाम्रा सहकर्मीले जनाएका छन् । नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो । थप विवरण आउन बाँकी छ ।
पूरा पढ्नुहोस्
जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरमा २७ घण्टा लगातार पूजा गरिएको छ । मन्दिरमा शुक्रबार देखि २७ घण्टे अखण्ड हवन पूजा गरिएको हो । गत वर्षको मंसिर महिनामा मन्दिरका सबै मूर्तिहरु चोरी भएदेखि यति लामो पूजा नभएको चन्दननाथ भैरवनाथ गुठी ब्यवस्थापन समितिले जनाएको छ ।
पूरा पढ्नुहोस्
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक जुम्लामा पहिलो पटक सम्पन्न भएको छ । प्रतिष्ठाको छैंटौं सभा बैठक प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पहिलो पल्ट जुम्लामा भएको हो । यस अघि काठमाडौंमा हुँदै आएको सभा बैठक यस पटक भने केन्द्रीय कार्यालय जुम्लामा भएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले बताउनुभयो ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ६ नम्बर प्रदेशको स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएको बताउनुभएको छ । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज उद्घाटन गर्दै प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति देउवाले दुर्गम क्षेत्रको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको मेरुद्धण्ड नै प्रतिष्ठान भएको बताउनुभयो ।
पूरा पढ्नुहोस्
जुम्लाका स्याउ किसान आफ्नो बगैंचा व्यवस्थापनमा व्यस्त छन् । पुष पहिलो साता देखि बिरुवा व्यवस्थापन गर्नुपर्ने भएपनि लामो समय सम्म पानी र हिउँ नपरेकाले किसानहरुले समयमै बिरुवा व्यवस्थापन गर्न सकेका थिएनन् । हिउँ नपरेपछि ढिलै भएपनि यो समयमा जुम्लाका सबै किसानहरु स्याउका बिरुवा काँटछाँटमा व्यस्त छन् ।
पूरा पढ्नुहोस्
प्रतिनिधि सभा सदस्यमा बाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका गजेन्द्रबहादुर महत विजयी हुनुभएको छ । उहाँले २२ हजार एक सय ७३ मत ल्याइ विजयी हुनुभएको हो ।
पूरा पढ्नुहोस्