Stories By ' कमल पन्थी '
दक्ष प्राविधिकको अभावमा चौबिस वर्ष अघि पूर्व पश्चिम राजमार्ग स्थित चिसापानीमा निर्मित कर्णाली पुल मर्मत सम्भार हुन सकेका छैन । नम्बर प्रदेश जोड्ने सो पुल रङ्ग रोगन र नट मर्मत संभार गर्ने दक्ष प्राविधिक नभएका कारण समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ । रङ्ग रोगन गर्न र नट मर्मत संभार गर्न दक्ष विदेशी प्राविधिकको आवश्यकता रहेको सडक डिभिजन कार्यालयका प्रमुख अर्जुन बमले बताउनुभयो ।
पूरा पढ्नुहोस्
बर्दियाको राजापुरस्थित ईलाका वन कार्यालय एक साता देखि कर्मचारी विहीन भएको छ । कार्यालयमा कर्मचारी नहुँदा कामकाज ठप्प छ । कोहलपुरस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले ईलाका वन कार्यालय राजापुरमा वन रक्षक सीतारम थारुले घुस लिदै गर्दै पक्राउ परेपछि चार कर्मचारी तानिएका कारण कार्यालयको कामकाज ठप्प भएको हो ।
पूरा पढ्नुहोस्
सरकारले मुक्त कमलरीलाई परिचयपत्र दिने निर्णय गरेपनि बर्दियामा कार्यान्वयन हुन सकेको छैन । मुक्त कमलरी पुन:स्थापन समितिको ढिलासुस्तीका कारण बर्दियाका २ हजार ३ सय ३७ जनाले परिचयत पत्र पाउन नसकेका हुन् ।
पूरा पढ्नुहोस्

बर्दिया डायरी

कमल पन्थी , कार्तिक १२, २०७४
एक वर्ष अघि तीन वटा घडियाल रहेको कर्णाली नदीमा अहिले बढेर सात पुगेको छ । केही समय अघि नेपालमा पहिलो पटक मानव रहित विमान (ड्रोन) बाट बर्दिया राष्ट्रिय निकुञ्जस्थित बबई नदीमा गोही र घडियालको सर्वे गर्दा सात वटा घडियाल भेटिएको निकुञ्जले जनाएको छ । नेपालमा गोही र घडियाल दुई प्रजातिको पाईन्छन् ।
पूरा पढ्नुहोस्
बर्दिया राष्ट्रिय निकुन्जस्थित बबई उपत्यकाको चेपाङ्गमा गैँडाले बच्चा जन्माएको छ । दुई वर्ष अघि चितवन निकुन्जबाट बबई उपत्यकामा स्थान्तरण गरिएको गँैडाले बच्चा जन्माएको बर्दिया निकुन्जले जनाएको छ ।
पूरा पढ्नुहोस्
राहत वितरणमा नाम छुटाएको भन्दै बाढी पीडितले बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर एक र दुईको कार्यालयमा तालाबन्दी गरेका छन् । आफुहरुको नाम छुटाई नक्कली बाढी पीडितलाई राहत वितरण गरेको भन्दै उनीहरुले आज तालाबन्दी गरेका हुन् । माग सम्बोधन नभएसम्म कार्यालयमा लगाएको ताला नखालिने उनीहरुले बताएका छन् ।
पूरा पढ्नुहोस्