Stories By ' देवनारायण साह '
मोरङको विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएको छ । विराटनगर विमानस्थललाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रियस्तरको बनाउने बारे सरोकारबालाबीच छलफल भएको छ । विराटनगर विमानस्थलबाट पोखरा र माउण्टेन फलाइट सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार आयोजना गरेको वायुसेवा कम्पनीहरुको सेवा तथा विमानस्थल सञ्चालनका भावी योजना बिषयक अन्तरक्रियामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रि स्तरमा स्तरोन्नति गर्ने बताउनुभयो ।
पूरा पढ्नुहोस्
मोरङको जहदा गाउँपालिका ७ का किसान रजनिस सिंहले यस वर्ष मकै कम उत्पादन भएको बताए । यसअघि प्रति कठ्ठा १० देखि १२ मन फल्दै आएको मकै यस वर्ष ७/८ मन मात्रै फलेको उनले गुनासो पोखे । ‘१५ विघामा १० बर्षदेखि मकै खेती गर्दै आएको छु,’ उनले भने, ‘अघिल्लो बर्षहरुमा जस्तै लाइन मिलाएर रोपेको हाइब्रिड मकैमा मिहिनेत पनि गर्यौं तर गत बर्ष जस्तो नफल्दा घाटा लाग्यो ।’
पूरा पढ्नुहोस्
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगको इतिहास कायम राख्न मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल्स चलाउने बताउनु भएको छ । मिल्सको शनिबार निरीक्षणपछि उहाँले जुट मिल्स चल्छ तर कसरी चलाउने बारे छलफल गर्ने बताएका हुन् ।
पूरा पढ्नुहोस्
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले काम अघि बढाएको बताउनु भएको छ । समृद्ध र विकसित प्रदेश र देश निर्माणका लागि स्वस्थ र शिक्षत नागरिक आवश्यक रहेको मुख्यमन्त्री राई बताउनुभयो ।
पूरा पढ्नुहोस्
विराटनगर महानगरपालिका लगायत सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा अस्वस्थ्यकर हावा रहेको एक अध्ययनले जनाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विराटनगरमा आज आयोजना गरेको गोष्ठीमा सरोकारवालाले सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा अस्वस्थ्यकर हावा रहेको जनाएको छ । प्रविधि क्याम्पसका प्राध्यापक अलंकार काफ्ले सुनसरी–मोरङ औद्योगिक कोरिडोरको हावा प्रदुषित रहेको र मानव स्वास्थ्यलाई असर गर्ने भएको बताउनुभयो ।
पूरा पढ्नुहोस्
विराटनगरमा बुधबार महिलाको तीन रुप हेर्न पाइयो । महिलालाई रुपैयाँ, नारीको अनेक चरित्र भएको र बिसङ्गती बिरोधी रुपमा देखियो । यी सबै रुपले महिलालाई सशक्त रुपमा हेर्न पाइयो । समाजमा महिलाको बलियो उपस्थिति देखिएको थियो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला सशक्तीकरणका लागि विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजित राष्ट्रिय महिला नाटक महोत्सवमा उक्त रुपहरु देखियो ।
पूरा पढ्नुहोस्