Stories By ' प्रकाश बराल '
मंसिर १० गते सम्पन्न निर्वाचनमा बागलुङको प्रत्यक्ष र समानुपातिक मत परिणाम सार्वजनिक भएको छ । प्रत्यक्षतर्फ बाम गठबन्धन एकलौटी विजय भएको छ । समानुपातिक तर्फ भने कांग्रेस पहिलो भएको छ ।
पूरा पढ्नुहोस्
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको बागलुङमा सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएका छन् । झण्डै ७० प्रतिशत मत गणना सकिन लाग्दा सबै उमेदवारले जितको सुनिश्चित गर्न थालेका छन् । उनीहरुले कांग्रेसका उमेदवारलाई ठूलो मत अन्तर पारेका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ मा एमालेका सूर्य पाठक ठूलो मतअन्तरमा अगाडि छन् ।
पूरा पढ्नुहोस्
मंसिर १० गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना बागलुङमा राती ८ बजेदेखि शुरु भएको छ । निर्वाचनमा बुथ कब्जा भएको आरोप लगाएर कांग्रेसले गत साता निर्वाचन आयोगमा दिएको उजुरीको निर्णय आउन ढिलाई भएपछि मतगणनामा पनि ढिलाई भएको हो । आयोगले बिहीबार ५ बजे मात्र मतगणना गर्नु भन्ने आदेश दिएपछि काम ढिलाई भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पंडितले बताउनुभयो ।
पूरा पढ्नुहोस्
गत आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनमा धाधली भएको आरोप लगाउँदै कांग्रेसका उमेदवारले पुन: मतदानको माग गरेका छन् । बागलुङको धुल्लुबास्कोट, पैयुँथन्थाप र भकुण्डेमा बाम गठबन्धनले कांग्रेसका कार्यकर्तालाई धम्की दिएर एकलौटी निर्वाचन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।
पूरा पढ्नुहोस्
सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको घरमा बम बिष्फोट भएको छ । बागलुङ नगरपालिका २ लालीगुराँस चोकमा रहेको खड्काको घरको भुईंतलामा गएराती बिस्फोट भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
पृथ्वी राजमार्गको आँबुखैरेनीमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । दुई दिनदेखि लगातार झरी परेकोले पहिरो खसेको हो । पहिरोसँगै खसेको ढुंगा र रुखले बाटो अवरुद्ध हुँदा राजमार्गमा सवारीको लामो लाईन लागेको छ । पहिरोले दुवै तर्फका सवारी रोकिंदा यात्रु अलपत्र परेका छन । राजधानी र तराईतर्फबाट आएकाहरुले सवारी साधान सडकमै रोकिएका छन ।
पूरा पढ्नुहोस्