Stories By ' बिप्लब महर्जन '
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क स्थित चुत्रावेशीबाट प्युठानको बरौला गाउँ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लु १ ज १२२९ नम्बरको जिप आज दिउँसो भूमिकास्थान नगरपालिका–८ लात्तेबाँझको उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।
पूरा पढ्नुहोस्
असुरक्षित सुत्केरीका कारण अत्यधिक रक्तस्राव हुँदा सल्यानमा एक महिलाको मृत्यु भएको छ । बन्गाड कुपिण्डे नगरपालिका ८ ज्यामिरेकी २६ वर्षीया प्रेमकला थापाको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्
सल्यानको शारदा नगरपालिका १४ बरला स्थित किसानले झन्डै चार सय रोपनी खेतबारीमा लगाएको गहुँबाली सुम्पे जिरा नामक भुँई झारले नष्ट बनाएको छ ।  झारले गहुँबाली नष्ट हुँदा किसानहरु चिन्तित छन् । हिउँदेबाली गहुँ लगाएर तीन÷चार महिना खान पुग्ने अन्न उत्पादन गर्दै आएका किसानहरु झारले बाली नै स्वाहा पारेपछि समस्यामा परेका छन् ।
पूरा पढ्नुहोस्
कारागारमा रहेको पुस्तकालयलाई ब्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय सल्यानले संचालन गरेको अभियान अन्तर्गत १ हजार १ सय ११ किताब संकलन गरेको छ । कैदीले पढेर बानीमा सुधार आओस्, बाहिर निस्कने बेला असल नागरिक बनुन र ज्ञान बढोस भन्ने उद्देश्यका साथ पुस्तकालयलाई ब्यवस्थित गर्न थालिएको हो ।
पूरा पढ्नुहोस्
सल्यानको शारदा नगरपालिका ६ खामे लेक चुनढुङ्गा खानीको लागि प्रख्यात मानिन्छ । चुनढुङ्गा बिक्री गरेर प्रसस्त मात्रामा आयआर्जन गर्न सकिने भएकाले यसलाई सुन पहाड पनि भन्ने गरिन्छ । वार्षिक लाखौं आम्दानी गर्न सकिने भएपनि अहिलेसम्म सम्बन्धित निकायले चुन ढुंगा उत्खनन प्रक्रिया अगाडि बढाएका छैनन् । जसका कारण चुनढुङ्गा खानी खानीमै सीमित रहेको छ । 
पूरा पढ्नुहोस्
सल्यानका १० स्थानीय तहमा कार्यरत २ सय ५० बढी कर्मचारी आन्दोलित भएका छन् । कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरूलाई विभेद गरेको भन्दै त्यसको विरोधमा स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
पूरा पढ्नुहोस्