Stories By ' विप्लव भट्टराई'
इलामका सवै मतदान केन्द्रवाट मतपेटिका आइसकेका छन् । २६ संकलन केन्द्र मार्फत जिल्लाका १ सय ४४ मतदान स्थलका २ सय ६६ मतदान स्थलवाट मतपेटिका विहानसम्म आइपुगेका हुन् ।
पूरा पढ्नुहोस्
शान्तिपूर्ण रुपमा सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा इलाममा ६५ प्रतिशत मत खसेको छ । कुनै पनि बाधा विरोध बिना निर्वाचन सम्पन्न भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनलाई असर गर्ने कुनै पनि कियाकलाप नभएको प्रशासनले जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्
बाजागाजा र नाराजुलुश सहित उत्सवमय ढंगले इलाममा मनोनयन दर्ता प्रकृया सम्पन्न भएको छ । प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि आज इलाममा शान्तिपूर्ण ढंगले दलहरुले मनोनयन दर्ता गराए । प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ सदस्यका लागि जिल्लामा विभिन्न राजनीतिक दलले उम्मेदवारी दर्ता गरेका हुन् । पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले बाम गठबन्धनको तर्फवाट प्रनिनिधिसभा सदस्यका लागि इलाम १ र २ बाट मनोनयन दर्ता गराएका छन् ।
पूरा पढ्नुहोस्
प्रदेश र केन्द्रको चुनावी सरगर्मी बढी रहँदा इलाममा भने प्रमुख राजनीतिक दलले उम्मेदवारको अन्तिम टुङ्गो लगाउन सकेका छैनन् । मनोनयन दर्ताको मिति नजिकिदै गए पनि आकांक्षी धेरै भएका कारण दलहरुमा समस्मया भएको हो । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरुले यसअघि नै उम्मेदवारको नामावली केन्द्रमा सिफारिश गरे पनि मतदाताको चाहना बमोजिमको उम्मेदवार छनौट गर्न केन्द्रले जिल्लाकै मूख ताकेको हो ।
पूरा पढ्नुहोस्
गोर्खाल्याण्ड आन्दोलनका कारण इलामको पशुपतिनगर मातहतका भन्सारको राजश्व असुली प्रभावित बनेको छ । निरन्तरको हडतालपछि पशुपतिनगरसहित छोटी भन्सारमा न्यून मात्र राजश्व असुली भइरहेको छ ।
पूरा पढ्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो र दोश्रो चरणको स्थानीय तह निर्वाचनमा चौतर्फी अवरोधका बीच आफ्नो पार्टी पहिलो भएको दाबी गर्नुभएको छ । इलाममा आज आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई पहिलो बन्न नदिन राज्य सत्तासहित देशी/ विदेशी शक्ति लागेपनि आफ्नो पार्टी पहिलो बनेको बताउनुभयो ।
पूरा पढ्नुहोस्