Stories By ' शंकर आचार्य '
भारतको कोलकाता/हल्दिया बन्दरगाहबाट नेपाल आउने मालबाहक कन्टेनरका लागि  इलेक्ट्रोनिक कार्गो ट्याकिङ् प्रणाली इसीटिएस  लागु भएको छ । यस प्रणालीले ढुवानी लागत कम हुने दाबी सरोकारवालाले गरेका छन् ।
पूरा पढ्नुहोस्
पर्साको जगरनाथपुर गाउँपालिका–१ पाँडेपुरको सीमावर्ती नाकाबाट भारततर्फ इन्धन लगिरहेको समूहलाई प्रहरीले नियन्त्रणमा लिँदा झडप भएको छ । झडपमा एक प्रहरी सहायक निरीक्षक (असई) सहित चार जना प्रहरी घाइते भएका छन् ।
पूरा पढ्नुहोस्
पर्साको वीरगञ्ज भन्सार कार्यालय र एकीकृत सुरक्षा जाँच चौकी आइसीपीले असोज महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अधिकृत मनिष महतोका अनुसार, असोज महिनामा मात्र सो भन्सारले १६ अर्ब ३३ करोड १७ लाख ८४ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।
पूरा पढ्नुहोस्
पर्साको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयले साउन महिनामा १२ अर्ब ६१ करोड ८७ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । साउन महिनाका लागि १२ अर्ब १ करोड २४ लाख ९ हजार रुपैयाँ राजश्व असूलीको लक्ष्य लिएको सो भन्सारले लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको हो ।
पूरा पढ्नुहोस्
पर्साको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत बिसी प्रधानले भारत सरकारले वीरगञ्ज काठमाडौं रेल मार्ग निर्माण परियोजनालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । भारतको ७२ औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले वीरगञ्ज काठमाडौं रेल मार्ग निर्माण उच्च प्राथमिकता रहेको बताउनुभयो ।
पूरा पढ्नुहोस्
ठूलो परिमाणको लागू औषध सहित २ जना पर्साबाट पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको निजी भ्यानमा लुकाई छिपाई ल्याउंदै गरेको सो परिमाणको लागू औषध सहित दुई जना वीरगञ्जस्थित नेपाल भारत सीमाबाट पक्राउ परेका हुन् ।
पूरा पढ्नुहोस्