राष्ट्रिय

कार्तिक २, २०७४
पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुने जिल्लाका प्रत्यक्षतर्फ उम्मेदवारको टुङ्गो लगाउन बसेको नेपाली कंग्रेसको संसदीय समितिको बैठकले २९ वटा जिल्लाको उम्मेदवारी टुङ्गाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले गोरखा, लम्जुङ्ग र बाग्लुङबाहेक अन्य जिल्लामा प्रत्यक्षतर्फको उम्मेदवार तोकेको हो ।
पूरा पढ्नुहोस्
कार्तिक २, २०७४
महाकवी लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औँ जन्म जयन्ती आज उहाँको सम्झना गर्दै मनाईएको छ । १९६६ साल कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा जन्मिएका महाकवि देवकोटाको जन्मजयन्ती हरेक बर्ष लक्ष्मीपूजाको दिन मनाउने गरिन्छ । उहाँको सम्झनामा आज साहित्य संघसंस्थाले मुलुकभर कार्यक्रमको आयोजना गरेका छन् ।
पूरा पढ्नुहोस्
कार्तिक २, २०७४
नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वामगठबन्धनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट फाँडफाँट अन्तिम चरणमा पुगेको बताएको छ । सिट बाँडफाँटको विषय हिजो नै टुङ्ग्याउने लक्ष्य भएपनि राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने निर्वाचन क्षेत्रमा दुवै दलका नेताको दावी भएपछि सहमति जुट्न सकेको थिएन ।
पूरा पढ्नुहोस्
कार्तिक २, २०७४
भारतको सिक्किमबाट अवैध रुपमा ल्याउंदै गरेको मदिरा पाँचथर प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ । स्थानीय व्यापारीले भारतीय सीमा क्षेत्रबाट विक्रीका लागि ल्याउँदै गरेको वियर र रक्सी फालेलुङ गाउँपालिकाको प्राङबुङमा प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट सीमा क्षेत्रमा खटिएको गस्ती टोलीले पक्राउ गरी ल्याइएको दुई सय ८२ बोतल मदिरा नष्ट गरेको जनाएको छ । प्रहरीले सिक्किममा उत्पादित हिट वियर र रम गरी करीब एक लाख ४० हजार ७ सय रुपैंयाँ बराबरको मदिरा नष्ट गरिएको जनाएको छ ।
पूरा पढ्नुहोस्
कार्तिक २, २०७४
जिल्ला प्रहरी कार्यालय पाँचथरले सदरमुकाम फिदिम बजार लगायत जिल्लाको सबै गाउँपालिकास्थित बजारमा पटका लगायत विष्फोटक पदार्थ बिक्रीमा रोक लगाएको छ । विष्फोटक पदार्थ बिक्री गर्ने र किनेर विष्फोट गर्नेलाई नियन्त्रण गर्न थालेको छ । फिदिम बजारमा पटेका बिक्री गर्ने एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
पूरा पढ्नुहोस्
कार्तिक २, २०७४
पाँचथरको फालेलुङ गाउँपालिका–२ का रामप्रसाद लिम्बूलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा श्रीमतीलाई भरुवा बन्दुक देखाए तर्साउन खोजे भन्दै लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले लिम्बूले बारीमा लुकाइ राखेको बन्दुक सहित पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा उनी विरुद्ध हात हतियार खरखजाना अन्तर्गत मुद्धा दर्ता गरेको प्रहरी निरीक्षक वित्रान बस्नेतले बताउनुभयो ।
पूरा पढ्नुहोस्
मनोज पौडेल, कार्तिक २, २०७४
गौतम बुद्धस्थल लुम्बिनीमा सरसफाई गरिएको छ । थाई राजकुमारी महा चक्ररी श्रीरिनध्रोन आउने भएपछि सशस्त्र र नेपाल प्रहरीले ३ दिन सम्म सरसफाई गरी सुन्दर बनाएका छन् । लुम्बिनीको मुख्य प्रवेशद्वार लोटस पोखरी देखि मायादेबी मन्दिर गेट सम्म सरसफाई गरी मनोरम र आकर्षक बनाईएको छ । लुम्बिनीस्थित लोटस पोखरीबाट १६ ट्रयाक्टर ट्रली फोहर निकालेर सुन्दर बनाईएको छ ।
पूरा पढ्नुहोस्
कार्तिक २, २०७४
बिना विभागीय मन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्यमन्त्रीका रुपमा आफूले पछिल्लो २० दिनमा गरेका प्रमुख कामको विवरण सार्वजनिक गर्नु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारीविहीन बनाएको दुई दिनपछि राजधानीमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले २० दिनको कार्यविवरण सार्वजनिक गर्नु भएको हो ।
पूरा पढ्नुहोस्
कार्तिक २, २०७४
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले तोकिएको मितिमा निर्वाचन गर्न निर्वाचन आयोगलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
पूरा पढ्नुहोस्
मोहन शाही, कार्तिक २, २०७४
डोटीको दुर्गम मानिने बड्डीकेदार गाउँपालिकाको खड्यौलीमा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यू भएको छ । २१ जना घाइते भएका छन् । बड्डीकेदारको अत्तरकाँडाबाट धनगढीतर्फ जाँदै गरेको ना ३ ख ५६४८ नम्बरको बस दुर्घटना हुँदा मान्नाकापडीका जगदीश चन्द, सोही गाउँकी ३५ वर्षीया निर्मला पुनमगर र ३ वर्षीया बालिका पुष्पा कुमारी जेठाराको मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्
कार्तिक २, २०७४
आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक तर्फको मतपत्र छपाईको काम अन्तिम चरणमा पुगेको छ । मतपत्र छपाईको जिम्मा पाएको जनक शिक्षाले हालसम्म १ करोडको हाराहारीमा मतपत्र छपाईको काम सकेको निर्वाचन आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
कार्तिक २, २०७४
यमपञ्चकको तेश्रो दिन आज घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिूर्वक लक्ष्मीपुजा मनाईदैछ । बेलुकी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी घर घरमा दीपावली गर्ने चलन छ ।
पूरा पढ्नुहोस्
कार्तिक २, २०७४
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाईदैछ । वि.स १९६६ साल कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा महाकवि देवकोटाको जन्म भएको थियो ।
पूरा पढ्नुहोस्