अन्तर्राष्ट्रिय

जेष्ठ १०, २०७६
भारतमा सरकार गठनको प्रक्रिया सुरु भएको छ ।   लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेको पछि सरकार गठनको प्रक्रिया सुरु भएको हो ।  भाजपा नेतृत्वको लोकतान्त्रिक गठबन्धन एनडीएले ३ सय ५० स्थानमा जित हात पारेपछि भाजपाकै नेतृत्वमा नयाँ सरकार बन्ने भएको हो । एनडिए ३ सय ५० स्थानमा विजयी भएको छ ।
पूरा पढ्नुहोस्
जेष्ठ १०, २०७६
बेलायतकी प्रधानमन्त्री टेरेसा मेले आगामी जुन ७ मा राजिनामा दिने घोषणा गर्नुभएको छ । राजिनामाको मिति घोषणा गर्दै प्रधानमन्त्री मेले नयाँ नेतृत्व चयन नभएसम्म सत्ता सम्हाल्ने बताउनुभयो ।
पूरा पढ्नुहोस्
जेष्ठ १०, २०७६
खोपको कमीका कारण  इङल्याण्डमा हाँडे रोगको संक्रमण बढ्दै गएको पब्लिक हेल्थ इङल्याण्डले जनाएको छ । सन् २०१९ को पहिलो त्रैमासिकमा ७ सय ९५ वटा हाँडेको समस्या देखिएको जनाइएको छ । जब कि सन् २०१८ को वार्षिक तथ्याङ्कमा सो समस्या भएका कुल एक हजार ३१ जना विरामी थिए ।
पूरा पढ्नुहोस्
जेष्ठ १०, २०७६
बालयौन दुर्व्यवहार विरुद्धको अन्तर्राष्ट्रिय खोज अनुसन्धानका क्रममा विभिन्न मुलुकका ५० जना बालबालिकाको उद्धार गरिएको छ । सो क्रममा ९ जना पक्राउ परेका छन् । इन्टरपोलले गरेको अनुसन्धानका क्रममा थाईल्याण्ड, अष्ट्रेलिया र अमेरिका लगायत देशबाट बालबालिकाको उद्धार गरिएको हो ।
पूरा पढ्नुहोस्
जेष्ठ १०, २०७६
भारतको लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएले बहुमत ल्याएको छ । एनडीएले सबैभन्दा बढी ३ सय ५१ सिट जित्न सफल भएको हो । कुल ५ सय ४३ सीट संख्या रहेको तल्लो सदनमा बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्छ ।
पूरा पढ्नुहोस्
जेष्ठ ९, २०७६
भारतको तल्लो सदन लोकसभा निर्वाचन मतगणनाको पछिल्लो परिणामले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) भारी बहुमतसहित पुनः सत्तामा फर्कने निश्चित देखिएको छ ।
पूरा पढ्नुहोस्
जेष्ठ ९, २०७६
यूरोपेली संसदीय निर्वाचन आज बेलायतबाट सुरु हुँदैछ । यूरोपेली संसदमा ७३ जना बेलायती सांसद चयनका लागि मतदान हुनेछ । मतदानका लागि बेलायतमा ९ वटा, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा एक/एक वटा निर्वाचन क्षेत्र तोकिएका छन् ।
पूरा पढ्नुहोस्
जेष्ठ ९, २०७६
भारतीय तल्लो सदन लोकसभा निर्वाचनको मतगणना जारी छ । आजै सकिने भनिएको जारी मतगणनाको नतिजाले आगामी पाँच वर्षका लागि भारतीय सत्ता संरचना र समीकरण तय गर्नेछ । स्थानीय समायानुसार मतगणना बिहान ८ बजेदेखि जारी छ ।
पूरा पढ्नुहोस्
जेष्ठ ८, २०७६
इन्डोनेशियामा पुनः मतदान गर्नुपर्ने भन्दै जारी प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीको कारबाहीमा परि ६ जनाको मृत्यु भएको छ । २ सय जना घाईते भएका छन् भने कयौं पक्राउ परेका छन् । गत महिना भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि राष्ट्रपति जोको वीडोडो दोस्रो कार्यकालका लागि चुनिएपछि प्रदर्शन थप चर्किएको हो ।
पूरा पढ्नुहोस्
जेष्ठ ८, २०७६
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने विषयमा प्रतिपक्षी डेमोक्रेट पार्टी भित्र छलफल सुरु भएको छ । संसदमा उपस्थित हुन गरेको आग्रह पूर्व हृवाईट हाउस कर्मचारीले उल्लघंन गरेपछि डेमोक्रेट भित्र छलफल तीव्र भएको बीबीसीले उल्लेख गरेको छ ।
पूरा पढ्नुहोस्
जेष्ठ ८, २०७६
बेलायती प्रधानमन्त्री टेरिजा मेले नयाँ ब्रेक्जिट मस्यौदामा सहमति जनाउने अन्तिम मौकाको सदुपयोग गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ । सांसदहरु ब्रेक्जिटका लागि सहमत भए सरकारले प्रस्तुत गरेको ब्रेक्जिट सम्झौताका लागि जनमत सङ्ग्रहमा जाने या नजाने भन्नेमा सामान्य मतदानबाट निर्णय गरिने उहाँको भनाई छ ।
पूरा पढ्नुहोस्
जेष्ठ ८, २०७६
पाकिस्तानको सिन्ध प्रान्तको दक्षिणी क्षेत्रस्थित रत्तो डेरो गाउँका अधिकांश बालबालिकामा  एचआईभी सङ्क्रण देखिएको छ । पहिलो पटक गत फेब्रअरीमा एचआईभी देखिएको सो क्षेत्रमा अप्रिल यता १५ जना बालबालिकामा सो संक्रमण भेटिएको चिकित्सकलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
पूरा पढ्नुहोस्
जेष्ठ ८, २०७६
अमेरिका र चीनबीचको व्यापार युद्धले सेवाग्राहीहरु मर्का परेको भन्दै चर्चित जुत्ता कम्पनीहरु नाईक र एडिडासले चेतावनी सहितको ध्यानाकर्षण पत्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुझाएका छन् । व्यापार युद्ध रोक्न भन्दै यी दुई कम्पनीले अन्य १ सय ७२ कम्पनीहरुको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई बुझाएका हुन् ।
पूरा पढ्नुहोस्
जेष्ठ ७, २०७६
चिनियाँ मोबाईल निर्माता कम्पनी हुवावेले आफुलाई कम नआँक्न अमेरिकालाई चेतावनी दिएको छ । चिनियाँ सरकारी समाचार संस्थासँगको कुराकानीका क्रममा हुवावेका संस्थापक रेन जेङफेईले कुनै पनि फर्मले फाईभ जीमा हुवावेको सफलतालाई छुन नसक्ने भएकाले अमेरिकी कदमले कुनै फरक नपर्ने बताउनुभएको छ ।
पूरा पढ्नुहोस्
जेष्ठ ७, २०७६
अष्ट्रियाको फ्रिडम पार्टीका सबै मन्त्रीले राजीनामा दिएपछि गठबन्धन सरकार अलपत्र परेको छ । फ्रिडम पार्टीका नेता तथा भाईस चान्सलर हेन्ज क्रिश्चियन स्र्टाकले रुसी धनाढ्यकी भतिजीलाई सरकारी काममा अनुबंध गर्न लागेको भिडियो सार्वजनिक भएपछि राजीनामा लागि बँध्य पारिएको थियोे ।
पूरा पढ्नुहोस्