आर्थिक

सुरज राजथला, माघ ८, २०७५
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने तयारी गरेको छ । मन्त्री चक्रपाणी खनालले सहुलियत व्याजदरमा किसानलाई ऋण उपलब्ध गराउने विषयमा तयारी भइरहेको बताउनुभयो ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, माघ ८, २०७५
धितोपत्र बजारमा आज सामान्य अंकले सुधार आएको छ । बजार परिसूचक नेप्से आज शुन्य दशमलव ७८ अंकले बढेर १ हजार १ सय ६८ दशमलव ८३ अंकमा पुगेको छ । यो साता लगातार ओरालो लागिरहेको धितोपत्र बजारमा आज झिनो सुधार आएको छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, माघ ७, २०७५
अर्थमन्त्रालयले पदीय जिम्मेवारी भित्र रहेर इमान्दरीपुर्वक काम गर्न आफु मातहतका कर्मचारीहरुलाई आग्रह गरेको छ । कर्मचारीका लागि आचारसंहिता जारी गर्दै मन्त्रालयले आफुले पाएको जिम्मेवारी लगनशील भएर पुरा गर्न आग्रह गरेको हो ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, माघ ७, २०७५
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंस्थित मलेसियन दूतावासबाट सोझैं भिसा पाएकालाई श्रमस्वीकृति दिन सुरु गरेको छ । मन्त्रालयको निर्णय अनुसार वैदेशिक रोजगार विभागले दूतावासबाट सोझै भिसा पाएका २० जनालाई श्रमस्वीकृति दिएको हो । श्रमस्वीकृति पाएका २० जना मलेसिया गइसकेका छन् ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, माघ ६, २०७५
सरकारले १ सय रुपैयाँ भन्दा माथिका भारतीय रुपैयाँ चलन चल्तिमा प्रतिबन्ध लगाएको छ । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै  २ सय, ५ सय र २ हजार दरका भारतीय नोटको कुनै कारोबार नगर्न सर्वसाधरणलाई आग्रह गरेको हो । ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाउदै भारतले २ सय, ५ सय र १ हजार दरका नया नोट चलनमा ल्याएको छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, माघ ६, २०७५
धितोपत्र बजारमा आज दोहोरो अंकले गिरावट आएको छ । बजार परिसूचक नेप्से आज ८ दशमलव ६ अंकले घटेर १ हजार १ सय ७९ दशमलव १७ अंकमा पुगेको छ । कारोबार भएका ११ मध्ये ८ वटा कम्पनी समूहको उपसूचक घटेकाले समग्र बजार प्रभावित भयो ।
पूरा पढ्नुहोस्
सुरज राजथला, माघ ४, २०७५
स्वदेशमा उत्पादित दूधले बजार नपाएका बेला मुलुकमा वर्षेनी अर्बौ रुपैयाँका दूध र दुग्धजन्य पदार्थ आयात हुने गरेको छ । आन्तरिक उत्पादनले सहज रुपमा बजार नपाउँदा दूध उत्पादक किसान पटक पटक समस्यामा पर्ने गरेका छन् ।
पूरा पढ्नुहोस्
माघ ३, २०७५
चालु आर्थिक बर्षको पहिलो ५ महिनामा रेमिटेन्स आप्रवाह ३१ दशमलव ९ प्रतिशतले बढेको छ । ५ महिनामा रेमिटेन्स बढेर ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो । अघिल्लो बर्षको सोही अवधीमा रेमिटेन्स आप्रवाह शुन्य दशमलव ८ प्रतिशतले घटेको थियो ।
पूरा पढ्नुहोस्
सुरज राजथला, माघ ३, २०७५
काठमाडौको चोभारमा एक अर्ब रुपैयाँ बढीको लगानीमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समिति अन्तर्गत विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहको प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीलान्यास गर्नुभयो ।
पूरा पढ्नुहोस्
अनिल परियार , माघ १, २०७५
पुँजीगत खर्च यो वर्षपनि कछुवा गतिमै छ । चालू वर्षको ६ महिनामा पुँजीगत खर्च जम्मा १६ प्रतिशत अथार्त ५१ अर्ब ३६ करोड रुपैयाँ मात्रै खर्च हुन सकेको छ । पुँजीगत खर्च गर्न नसकेको सरकारले चालू खर्च भने ३३ प्रतिशत पुर्‍याएको छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, माघ १, २०७५
धितोपत्र बजार आज दोहोरो अंकले उकालो लागेको छ । बजार परिसूचक नेप्से आज १७ दशमलव ५१ अंकले उकालो लागेर १ हजार १ सय ९५ दशमलव ५४ अंकमा पुगेको छ ।
पूरा पढ्नुहोस्
देवनारायण साह , माघ १, २०७५
मोरङको विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा लक्ष्य भन्दा बढी राजश्व असूली गरेको छ । भन्सार कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा १९ अर्ब ५७ करोड २० लाख रुपैयाँ राजश्व संकलन गरेको हो ।
पूरा पढ्नुहोस्