खेलकुद

लक्ष्मी जिसी, फाल्गुन ८, २०७५
सिवाईसी अत्तरिया रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको फाइनलमा प्रवेश गरेको छ । काठमाडौं गोल्डेन्सलाई ४१ रनले हराउादै अत्तरिया उपाधि नजिक पुगेको हो । काठमाडौंसँग भने फाइनलमा स्थान बनाउन अझै एक मौका छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, फाल्गुन ८, २०७५
च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना र लियोन तथा लिभरपुल र वार्यन म्युनिखले गोलरहित बराबरी खेलेका छन् । लियोनको घरेलु मैदानमा अधिकांश समय बार्सिलोनाले दबाव बनाएपनि गोल गर्ने अबसरमा भने बार्सा चुकेको थियो । बलमाथी ६७ प्रतिशत नियन्त्रण जमाएको बार्सिलोनाका दर्जन बढी प्रहार लियोनका गोलरक्षक एन्थोनी लोपेजले बिफल पारेका थिए ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, फाल्गुन ८, २०७५
भुटानमा जारी जिग्मे दोर्जी वाङचुक गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा नेपालको थ्रीस्टार क्लबले आज भारतीय क्लब ब्रदर्स युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनल भिडन्त फुट्सोलिङस्थित पीएसए फुटबल मैदानमा नेपाली समयानुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । 
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, फाल्गुन ८, २०७५
तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको पहिलो क्वालिफायरमा आज सिवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ । समुह चरणको अन्तिम खेलमा हिजो भिडेका २ टोली १ दिन पछि नै पुन आमने सामने हुन लागेका हुन् ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, फाल्गुन ८, २०७५
- रुपन्देहीको बुटवलमा जारी २१ औँ संस्करणको तिलोत्तमा गोल्डकपको तेस्रो क्वाटरफाइनलमा आज झापा ११ र क्यामरुनी दाफिन्स फुटबल टोलीबिच प्रतिस्पर्धा हुँदैछ । बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा दिउँसो ३ बजे क्वाटरफाइनल भिडन्त सुरु हुनेछ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, फाल्गुन ७, २०७५
कान्तिपुर पब्लिकेसन्सको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद विधामा प्रथम, द्धितीया तृतिया हुनेलाई आज पुरस्कृत गरिएको छ । पब्लिकेसन्स परिसरमा आज आयोजित कार्यक्रममा खेलकुद विधामा प्रथम, द्वितीया र तृतीय हुनेलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
पूरा पढ्नुहोस्
लक्ष्मी जिसी, फाल्गुन ७, २०७५
सिवाईसी अत्तरिया र काठमाडौ गोल्डेन्स नै धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको क्वालिफायरमा भिड्ने भएका छन् । भोलिको विजेताले सोझै फाइनलमा स्थान बनाउदा पराजित हुने टोलीले अन्तिम दुईमा प्रवेशका लागि अर्को एउटा मौका पाउनेछ ।
पूरा पढ्नुहोस्
फाल्गुन ७, २०७५
थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसीयाली छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आज बिहान भएको खेलमा बलियो प्रतिद्वन्द्वी मलेसियालाई ३४ रनले पराजित गर्‍यो । नेपालले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो ।
पूरा पढ्नुहोस्
फाल्गुन ७, २०७५
चेल्सीलाई हराउँदै म्यानचेष्टर युनाईटेड, एफ ए कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । चेल्सीको घरेलु मैदान स्टाम्पफोर्ड ब्रिजमा भएको खेलमा २–० को सहज जित निकाल्दै म्यानचेष्टर युनाईटेडले अन्तिम ८ को यात्रा गय गरेको हो । म्यान यूले दुबै गोल पहिलो हाफमा गरेको थियो ।
पूरा पढ्नुहोस्
फाल्गुन ७, २०७५
महिला विश्वकपको एसियाली छनोटमा नेपालद्वारा मलेसियासामु १ सय २७ रनको चुनौती थाईल्याण्डमा जारी आईसीसी महिला बिश्वकपको एसियाली छनोटमा नेपालले मलेसियासामु १ सय २७ रनको चुनौती प्रस्तुत गरेको छ ।
पूरा पढ्नुहोस्
फाल्गुन ७, २०७५
धनगढी प्रिमियर लिग क्रिकेट डीपीएल अन्र्तगत समुहचरणको अन्तिम खेलमा आज शीर्ष स्थानको काठमाण्डौ गोल्डेन्स र दोस्रो स्थानको सीवाईसी अत्तरियाबिच प्रतिस्पर्धा हुँदैछ । क्वालिफायरमा स्थान बनाईसकेको काठमाण्डौ अपराजित रहदै क्वालिफायर खेल्ने योजनामा रहँदा, ६ अंकमा दोस्रो स्थानमा रहेको अत्तरिया क्वालिफायर प्रवेशको योजनामा रहेको छ ।
पूरा पढ्नुहोस्
फाल्गुन ७, २०७५
एफ ए कप फुटबलको क्वाटरफाईनलको ड्र सार्बजनिक गरिएको छ । गएराती सार्बजनिक ड्र अनुसार प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटिले स्वान्सी सिटिलाई प्रतिद्धन्दी पाएको छ । म्यानचेष्टर युनाईटेडले वोल्भरहेम्प्टनलाई प्रतिद्वन्दीको रुपमा पाउदा क्वाटरफाईनलमा वाटफोर्ट र क्रिष्टल प्यालेस आमने सामने हुनेछन् ।
पूरा पढ्नुहोस्
फाल्गुन ६, २०७५
सीवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेञ्जर्स् रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको प्लेअफमा प्रवेश गरेका छन् । लिग चरणको अन्तिम खेलमा भोलि हुने अत्तरिया र काठमाडौं गोल्डन्सबीचको खेलको नतिजाले क्वालिफायर्स्मा पुग्ने टोलीको छिनोफानो लगाउने छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, फाल्गुन ६, २०७५
अष्ट्रेलियामा सन् २०२० मा हुने ट्वान्टी–२० र सन् २०२१ मा न्युजिल्याण्डमा हुने वन डे महलिा विश्वकपको एसीयाली छनोट प्रतियोगिता सुरु भएको छ । थाईल्याण्डमा प्रतियोगिताको पहिलो दिन आज विभिन्न तीन खेल हुँदैछन् ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, फाल्गुन ६, २०७५
वेष्टईण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । यसैबर्ष ईङल्याण्ड र वेल्समा हुने एकदिवसीय विश्वकपपछि उनले वन डे अन्तर्राष्ट्रियबाट सन्यास लिने घोषणा गरेका हुन् । 
पूरा पढ्नुहोस्