जिल्ला डायरी

कुम्भराज राई, मंसिर २९, २०७४
ओखलढुँगा सामुदायिक अस्पताल मिसनमा अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा आएको छ । पूर्वी पहाडमै पहिलो पटक मिसन अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा ल्याएको हो । १ करोड ४ लाख लागतमा अक्सिजन उत्पादन केन्द्र निर्माण गरिएको हो । नेपाल सरकार र नोरमिसन नामक विदेशी संस्थाको संयुक्त लगानीमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको हो ।
पूरा पढ्नुहोस्
शाहीमान राई, मंसिर २८, २०७४
पाँचथर र ताप्लेजुङको सिमावर्ती काबेली खोलामा निर्माणाधिन काबेली ‘ए’ जलविद्युत आयोजनाले काबेली खोलाको किनारामा रुद्राक्ष जोन निमार्ण गरेको छ । आयोजनाले सामुदायिक वन क्षेत्र विनास गरेवापत क्षतिपूर्ति स्वरुप खरिद गरिदिएको जमिनमा रुद्राक्षको बिरुवा रोपेर रुद्राक्ष जोन बनाएको हो ।
पूरा पढ्नुहोस्
विप्लव भट्टराई, कार्तिक १४, २०७४
प्रदेश र केन्द्रको चुनावी सरगर्मी बढी रहँदा इलाममा भने प्रमुख राजनीतिक दलले उम्मेदवारको अन्तिम टुङ्गो लगाउन सकेका छैनन् । मनोनयन दर्ताको मिति नजिकिदै गए पनि आकांक्षी धेरै भएका कारण दलहरुमा समस्मया भएको हो । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरुले यसअघि नै उम्मेदवारको नामावली केन्द्रमा सिफारिश गरे पनि मतदाताको चाहना बमोजिमको उम्मेदवार छनौट गर्न केन्द्रले जिल्लाकै मूख ताकेको हो ।
पूरा पढ्नुहोस्
कमल पन्थी , कार्तिक १२, २०७४
एक वर्ष अघि तीन वटा घडियाल रहेको कर्णाली नदीमा अहिले बढेर सात पुगेको छ । केही समय अघि नेपालमा पहिलो पटक मानव रहित विमान (ड्रोन) बाट बर्दिया राष्ट्रिय निकुञ्जस्थित बबई नदीमा गोही र घडियालको सर्वे गर्दा सात वटा घडियाल भेटिएको निकुञ्जले जनाएको छ । नेपालमा गोही र घडियाल दुई प्रजातिको पाईन्छन् ।
पूरा पढ्नुहोस्
दीपेन्द्र शाक्य , कार्तिक ९, २०७४
कृषकले अलैंची खेती गर्न थालेपछि संखुवासभाका ग्रामीण भेगमा धान र कोदो खेती विस्तारै घट्दै गएको छ । धान र कोदो उत्पादन हुने जमिनमा कृषकले अलैंची रोप्न थालेका छन् । धान र कोदो उत्पादन गर्दै आएको चिस्यानी जग्गामा अलैंची खेती गर्दा दोब्बर आम्दानी भएको पाँचखपन नगरपालिका १ का कृषक बलबहादुर राईले बताउनुभयो ।
पूरा पढ्नुहोस्
तुलाराम पाण्डे, कार्तिक ८, २०७४
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा बाम र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भएको छ । एक संघ र दुई प्रदेश सदस्यका लागि २५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
पूरा पढ्नुहोस्
कार्तिक ३, २०७४
यस वर्ष समयमा नै मखमली र सयपत्री फुल नफुलेपछि नवलपरासीमा प्राकृतिक फुलको अभाव भएको छ । समयमा फुल नफुलेपछि बजारमा कृत्रिम फुल र मालाको माग ह्वात्तै बढेको छ । तिहारमा प्राकृतिक फुलको माला उनेर लगाउने परम्परा भएपनि जिल्लामा व्यवसायीक रुपमा लगाईएको मखमली, सयपत्री फुल समयमा नै नफुल्दा फुल अभाव भएको हो ।
पूरा पढ्नुहोस्
रमेशचन्द्र अधिकारी , कार्तिक २, २०७४
तिहार पर्वको अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । महासंघको सभाहलमा आयोजित कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा सञ्चारकर्मीको सहभागिता रहेको महासंघ अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
कमल पन्थी, आश्विन ३१, २०७४
स्थानीय निकायको निर्वाचन सम्पन्न भएको करीब तीन महिना हुन लाग्दा गुलरिया नगरपालिकाको परिषद नबस्दा विकास निर्माण लगायतका काम प्रभावित भएको छ । नगरपालिकाको वडा स्तरिय भेलाले निर्णय गरेको प्रस्ताविक बजेट कटौती गर्न लाग्दा प्रतिपक्षले आपत्ती जनाएपछि पटक पटकको बैठक कुनै निष्कर्षमा नपुगी स्थिगित हुँदै आएपछि परिषद् लम्बिएको हो ।
पूरा पढ्नुहोस्
शाहीमान राई, आश्विन २९, २०७४
पाँचथरमा निर्माणाधिन दुई वटा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ताप्लेजुङ र पाँचथरको सिमावर्ती कावेली खोलामा निर्माणाधिन २५ मेगावाट क्षमताको काबेली बी प्रथम जलविद्युत आयोजना, हिलिहाङ गाउँपालिकाको भारपा र फिदिम नगरपालिकाको सिमानाहेवा खोलाबाट निर्माणाधिन २१ किलोवाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रवद्र्धक कम्पनीहरुले जनाएका छन् ।
पूरा पढ्नुहोस्
डम्बरसिंह राई, आश्विन २४, २०७४
पाँच वर्षअघि सकिनुपर्ने जयरामघाटस्थित दूधकोसी सडकको पुलको स्ल्याबको ढलान सकिएको छ । पुल निर्माणमा संलग्न आयोजना प्रमुख इन्जिनियर उद्धव रानामगरका अनुसार केही दिनमै फुटपाथको ढलान पनि सकिने छ । त्यसपछि दुई साताभित्र एप्रोज पिच लगायतका पुलको सम्पूर्ण काम सकिने इन्जिनियर रानामगरले बताउनुभयो । सो काम सकिएपछि क्युरिङ र सेटिङका लागि २८ दिनपछि यातायात सञ्चालन गर्न सकिने छ ।
पूरा पढ्नुहोस्