बागलुङमा बाढी र पहिरोले एक सय भन्दा बढी घरमा क्षति

  • बाँकेमा डुबानमा परेका गाउँ अझै असामान्य
श्रावण १३, २०७३
अधिकारीचौर, बुङ्गादोभान र बुर्तिबाङसहितका गाविसमा बाढी र पहिरोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस् »

दशगजा क्षेत्रमा नेपाल र भारतीय पक्षबीच झडप

    अवधेशकुमार झा श्रावण १३, २०७३
    भारतीय पक्षले सप्तरीको तिलाठी नजिक दुई देशको सीमा दशगजा मिचेर नेपाली भूमि डुबानमा पर्ने गरी बाँध निर्माण गरेको भन्दै बिरोधमा उत्रिएका नेपाली र भारतीय पक्षबीच झडप भएको छ । भारतले बाँध निर्माण प्रक्रिया अघि बढाउन खोज्दा नेपाली पक्षले रोकेपछि झडप भएको हो । अहिले दुवै तर्फ ढुङ्गा हानाहान भइरहेको छ ।
    पूरा पढ्नुहोस् »

    असन्तुष्ट पक्षको माग सम्बोधन गर्नु नयाँ सरकारको प्रमुख चुनौती : दाहाल

      श्रावण १३, २०७३
      नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयॉ सरकार गठनस‘गै मधेशी जनजाती र थारु समुदायको माग सम्वोधन गर्नु प्रमुख चुनौति हुने बताउनुभएको छ । माओवादी निकट विद्यार्थी संगठनको एकता भेलालाई सम्वोधन गर्दै उहॉले संविधानका राम्रा पक्ष कार्यान्वयन र अपुग पक्षलाई पूरा गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी रहेको बताउनुभयो ।
      पूरा पढ्नुहोस् »

      बस दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्री खेवासहित ८ जनाको मृत्यु

        बस दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्री खेवासहित ८ जनाको मृत्यु

        धनकुटा, श्रावण १३, २०७३
        धनकुटाको सिधुवामा यात्रुवस दुर्घटना हुँदा पूर्व अर्थराज्यमन्त्रीसहित ८ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । संखुवासभाको मुढे शनिश्चरेबाट तेह्रथुमको वसन्तपुृर हुँदै धरान जाँदै गरेको बा २ ख ७३६६ नम्बरको यात्रुबस दुर्घटना भएको हो ।
        पूरा पढ्नुहोस्

        सिमाना आयोगको काम अघि नबढाउ–गठवन्धन

          सिमाना आयोगको काम अघि नबढाउ–गठवन्धन

          काठमाडौं, श्रावण १३, २०७३
          संघीय गठबन्धनले संविधानसँग जोडिएका असहमतिका विषयहरुको सम्बोधन नहुञ्जेल सिमाना आयोगको कामकार्वाही नगर्न आग्रह गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र जनजाति पार्टी सम्मिलीत गठबन्धनको आज बसेको बैठकले गाँउ–पालिका, नगरपालिकाहरुको सिमाना निर्धारण सम्बन्धमा आयोगको पछिल्लो गतिविधिले संघीयतालाई असर पुर्‍याउने भन्दै यस्तो आग्रह गरेको हो ।
          पूरा पढ्नुहोस्

          मैत्रीपूर्ण महिला भलिबलमा नेपाल र भारत भिड्दै

            मैत्रीपूर्ण महिला भलिबलमा नेपाल र भारत भिड्दै

            काठमाडौं, श्रावण १३, २०७३
            मैत्रीपूर्ण भलिबलमा नेपालले आज भारतको सामाना गर्दै छ । नेपाल भलिबल संघको आयोजनामा खेल राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने छ । अधिकांश १२ औं साग खेलेका खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीले आज भारतीय टोलीलाई रोक्ने लक्ष्य लिएको छ ।
            पूरा पढ्नुहोस्

            टर्कीका सय बढी सञ्चारमाध्यममा प्रतिबन्ध

              टर्कीका सय बढी सञ्चारमाध्यममा प्रतिबन्ध

              एजेन्सी, श्रावण १३, २०७३
              टर्की सरकारले मुलुकका सय भन्दा बढी सञ्चार माध्यममा प्रतिबन्ध लगाएको छ । दुई साताअघि भएको असफल कुको प्रयासमा संलग्न रहेको आरोपमा त्यहाँको सरकारले १ सय ८ वटा सञ्चारका माध्यमहरुमा प्रतिबन्ध लगाएको हो । जसमा ३ वटा समाचार संस्था, १६ वटा टेलिभिजन, ४५ वटा दैनिक पत्रपत्रिका तथा १५ म्यागजिन र २९ वटा प्रकाशन संस्था रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
              पूरा पढ्नुहोस्

              राप्रपा आगामी सरकारमा सहभागी हुने

              • यो शासकीय व्यवस्थाले राजनीतिक भद्रगोल कायम रहन्छ : प्रकाशचन्द्र लोहनी
               राप्रपा आगामी सरकारमा सहभागी हुने

              काठमाडौं, श्रावण १३, २०७३
              राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आगामी सरकारमा सहभागी हुने भएको छ । राप्रपा नेपालसंग एकीकरण प्रक्रियामा रहेको राप्रपाले सरकारमा जाने तयारी गरेको हो । राप्रपा नेपालले भने सरकारमा नजाने बताउदै आएको छ ।
              पूरा पढ्नुहोस्

              आज विश्व हेपाटाइटिस दिवस

                आज विश्व हेपाटाइटिस दिवस

                एजेन्सी, श्रावण १३, २०७३
                आज विश्व हेपाटाइटिस दिवस यसबारेको विभिन्न चेतनामुलक कार्यक्रम गरी विश्वभर नै मनाईदैछ । हेपाटाइटिस रोग बारेको चेतना, यसको परिक्षण र उपचारमा सबैको पहुँच पुरर्‍याउनु पर्नेमा दिवसले जोड दिएको छ । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो ।
                पूरा पढ्नुहोस्

                नारायणी नदिको बाढीले नवलपरासीका ३४ घर डुबानमा

                • बाँकेका बाढीपीडत घरको छानाबाट गुहार माग्दै
                नारायणी नदिको बाढीले नवलपरासीका ३४ घर डुबानमा

                काठमाडौं, श्रावण १२, २०७३
                नवलपरासीस्थित नारायणी नदिमा आएको बाढीले आसपासका ३४ वटा घर डुबानमा परेका छन् । पानीको सतह उच्च भएपछि नदि किनारका बासिन्दा सुरक्षित स्थानमा सरेका छन् । कटान प्रभावित नर्सहि गाबिसको वडा नम्बर १२ र १३ नम्बरमा सेना , प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
                पूरा पढ्नुहोस्

                हिलारी क्लिनटन अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपतिको उम्मेद्वार

                  हिलारी क्लिनटन अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपतिको उम्मेद्वार

                  एजेन्सी, श्रावण १२, २०७३
                  अमेरिकाको डेमोक्रेटिक पार्टीले हिलारी क्लिन्टनलाई आसन्न राष्ट्रिपतिय निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेद्वार घोषणा गरेको छ । पार्टीको हिजो सम्पन्न राष्ट्रिय सम्मेलनले क्लिन्टनलाई औपचारिक रुपमा सो पार्टीको तर्फबाट आगामी राष्ट्रपतिलागी उम्मेद्वार घोषणा गरेको हो ।
                  पूरा पढ्नुहोस्

                  राष्ट्रिय

                  आर्थिक

                  खेलकुद

                  मधुश्रावणी पर्व सुरु

                  श्यामसुन्दर शशि श्रावण ९, २०७३
                  नव विवाहित महिलाहरुको रोमाञ्चक मधुश्रावणी पर्व आईतवारदेखि विधिवत सुरु भएको छ । दुई साता सम्म चल्ने यस पर्वको पूर्व सन्ध्यामा शनिवार साँझ फुलवारीहरुबाट संकलन गरेर ल्याइएको वासी फूल र वुट्यानले व्रतीहरु विहान गौरी गणेशको पूजा गरेका थिए ।
                  पूरा पढ्नुहोस्

                  कर्मचारीलाई तलबमा कुखुराको चल्ला

                  वैशाख ३१, २०७३
                  बैशाख ३१, एजेन्सी । तपाई तलबमा के लिनुहुन्छ ? सामान्य जवाफ हो नगद अर्थात रुपैयाँ /पैसा । अघिल्लो पुस्ताले सुनका सिक्का, जग्गा जमिन, अन्न, जनावर पनि तलबमा दिईएको हामीले नसुनेका होइनौ तर आजकल पनि तलबमा त्यस्तै वस्तु तपाईलाई कस्तो लाग्ला ।
                  पूरा पढ्नुहोस्