सगरमाथा आरोहरणको दावी गर्ने भारतीय दम्पती माथि छानविन सुरु

एजेन्सी
  • अर्काको फोटो चोरेर आरोहणको दावी गरेको आरोप

असार १६, २०७३

 

भारतको एक दम्पतिले सर्वोच्च शिखर सगरमाथाको सफल आरोण गरेको दावी झुटो भएको आशंकामा त्यहाँको प्रहरीले अनुसन्धान थालेको छ । भारतीय प्रहरीमा कार्यरत दिनेश राठोर र उनकी पत्नी तारर्केश्वरीले गत जुलाई ५ मा पत्रकार सम्मेलन गरी मे २३ तारिखमा भारतकै प्रथम दम्पतीको रुपमा आफूहरुले सगरमाथाको सफल आरोहण गरेको दावी गरेका थिए । 

तर एक भारतीय पर्वतारोहीले सर्वोच्च शिखर आरोहणको क्रममा उनीहरुले आफ्नो फोटो चोरेको दावी गर्दै पुने प्रहरीमा उजुरी दिएपछि विवाद बढेको हो । उनीहरुले आरोहणका क्रममा सगरमाथामा खिचेको भनिएको दुई वटा फोटोमा दुई फरक पहिरन लगाएको र पञ्जा समेत फरक रंगको लगाएको भन्दै उनीहरुको पर्वतारोहण बारे छानविन हुनुपर्ने ती पर्वतारोहीले माग गरेका थिए ।

राठोर दम्पति हाल भारतको पश्चिमी शहर पुनेमा कार्यरत छन् । काठमाडौस्थित मकालु एड्भेन्चर कम्पनीबाट पर्वतारोहण गरेका उनीहरुसंग नेपाल पर्यटन बोर्डले दिने पर्वतारोही प्रमाणपत्र समेत रहेको बताईएको छ ।   

 

प्रकाशित:असार १६, २०७३

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्