कोरला नाकाबाट दोब्बर राजस्व असुली

- विनोद त्रिपाठी, मुस्ताङ
    मेलाबाट ६ लाख ४१ हजार राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । गतवर्ष मेलाबाट ३ लाख २७ हजार राजस्व उठेको थियो ।

    असार १३, २०७४ 

    नेपाल–चीन कोरला नाकामा गत बर्षको तुलनामा दोब्बर राजस्व वृद्धि भएको छ ।  नाकामा संचालित मेलामा किनमेल गर्न जानेको संख्या बढेसंगै राजस्व असुली समेत  दुई गुणाले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

    असार १ देखि खुलेको नाकामा नेपाल तर्फका व्यापारी र सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।  यद्यपी अस्ती आइतबारबाट भने सो नाका पुनः बन्द गरिएको छ । मेलाबाट ६ लाख ४१ हजार राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । गतवर्ष मेलाबाट ३ लाख २७ हजार राजस्व उठेको थियो । भन्सार महसुलमा कडाइ र व्यापारीको संख्या बढेकोले राजस्वमा वृद्धि भएको भन्सार प्रमुख शुक्र दर्शन ढुंगानाले बताउनुभयो ।

    भन्सार कार्यालयका अनुसार यो वर्ष निर्यात भने शुन्य  छ । गत बर्षदेखि नै चीनका व्यापारीले नेपाल तर्फको उत्पादन खरिद गर्न बन्द गरेकाले निर्यात शुन्य भएको कार्यालयले जनाएको छ । नेपालका व्यापारीलाई सामान खरिद गर्न चीनका स्थानीय अधिकारीले दुवै देशको सहमतिमा वर्षको दुइ पटक नाकाको गेट खोलेर व्यापारिक मेलाको आयोजना गर्ने गरेका छन् । 

    प्रकाशित:असार १३, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्