रकम भुक्तानी नगरेको भन्दै उखु किसान आन्दोलित

- देवनारायण साह , बिराटनगर

    श्रावण २४, २०७४

    सुनसरीको बर्जु गाउँपालिका ५ स्थित इष्टर्न सुगर मिलले खरिद गरेको उखुको ३१ करोड रुपैयाँ भुक्तानी नगरेको भन्दै उखु किसानले आन्दोलनको घोषणा गरेका छन् । बर्जु गाउँपालिका ५ मा आज आयोजित किसान भेलाले कोशी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेको छ । 

    मिलका सञ्चालक दिवाकर गोल्छा सम्पर्कविहीन भएको भन्दै उनीहरुले आजै रकम भुक्तानीका लागि पहल गरिदिन आग्रहसहितको ज्ञापन पत्र मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् । ज्ञापन पत्रमा गत आर्थिक बर्षमा मिलले उखुको करोडौ रुपैया भुक्तानी दिन आलटाल गर्दै आएकोले किसान आर्थिक रुपमा मारमा परेको उल्लेख छ ।

    इष्टर्न सुगर मिलको सवारी साधन चल्न नदिने, गोल्छा हाउस अगाडि धर्ना दिने, भुक्तानी नपाएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिका संयोजक चौधरीले बताउनुभयो ।

     

    प्रकाशित:श्रावण २४, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्