नेपाली रुपैयाँ बलियो बन्दै

काठमाडौं

    श्रावण २४, २०७४
    अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ बलियो हुँदै गएको छ । राष्ट्र बैंककाअनुसार, गत फागुनदेखि आजसम्म नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर ६ प्रतिशतले सस्तो भएको हो ।

    केन्द्रीय बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले भारतको अर्थतन्त्र बलियो हुँदै गएपछि भारतीय रुपैयाँ डलरको तुलनामा बलियो भएकाले निश्चित विनिमय दरका कारण नेपाली रुपैयाँमा पनि त्यसको प्रभाव परेको बताउनुभयो ।

    नेपाली रुपैयाँ बलियो भएपछि आयात समेत सस्तो हुने र त्यसले मुद्रास्फीतिमा समेत कमी ल्याउने अपेक्षा राष्ट्र बैंकको छ । नेपाली मुद्रा बलियो हुँदा आयातमा वृद्धि हुने सम्भावना भएपनि विकासोन्मुख राष्ट्रलाई डोनर एजेन्सीको सहयोग तथा ऋणको रकममा कमी आउने अर्थजानकार नवराज गौतमले बताउनुभयो ।

     

    प्रकाशित:श्रावण २४, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्