केन्यामा निर्वाचन आयोगको कम्पूटर ह्याक भएको विपक्षीको आरोप

काठमाडौं

    श्रावण २५, २०७४

    केन्यामा आमनिर्वाचनअन्तर्गत हिजो सम्पन्न मतदानको मतपरिणाम प्रभावित पार्ने गरी निर्वाचन आयोगको कम्प्यूटर प्रणाली ह्याक भएको विपक्षीले आरोप लगाएको छ । विपक्षी दलतर्फबाट राष्ट्रपतिका उम्मेद्वार रैला ओडिङ्गाले प्रारम्भिक मतपरिणाम अस्वीकार गर्दै निर्वाचनमा धाँधली भएको दाब िगर्नुभएको छ ।

    प्रारम्भिक मतपरिणामअनुसार निवर्तमान राष्ट्रपति उहुरु केन्याट्टाले ठूलो मतान्तरले अग्रता लिइरहनुभएको छ । विपक्षी उम्मेद्वारको आरोपबारे आयोगले भने कुनै प्रतिक्रिया नजनाएको बीबीसीले उल्लेख गरेको छ । अन्तिम मतपरिणामपछि हिंसा भड्कन सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    केन्यामा सन् २००७ मा भएको निर्वाचनको मतपरिणामलाई लिएर भड्कीएको हिंसामा १ हजार १ सय भन्दा बढीको मृत्यु भएको थियो भने करिब ६ लाख मानिस बिस्थापित भएका थिए ।

     

    प्रकाशित:श्रावण २५, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्