उत्तर कोरिया र अमेरिका बीचको तनाव उत्कर्षमा

    श्रावण २६, २०७४ 

    उत्तर कोरिया र अमेरिका बीचको तनाव उत्कर्षमा पुगेको छ । अमेरिकाले उत्तरलाई तनसनहस पार्ने चेतावनी दिएपछि उत्तरले जवाफ स्वरुप अमेरिकाको गुआममा प्रहार गर्ने मिशाईल केही दिनमै तयार हुने बताएको छ । 

    वासिङ्गटन सँगको वाक युद्धलाई थप उचाई दिँदै उत्तरले आफ्ना १२ वटा मिशाईल जापान पार गर्दै गुआम पुग्न सक्ने क्षमता रहेको भन्दै आक्रमणको योजना सुनाएको हो । उत्तरले आक्रमण गर्ने चेतावनी दिएको गुआम टापुमा अमेरिकि विशाल सैनिक अखडा छ ।

    यसअघि, अमेरिकाले आतंक फैलाउने गतिविधि नियन्त्रण नगरे उत्तर कोरियाले ठुलो विनाशको सामना गर्नुपर्ने चेतावनी दिएको थियो । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले सत्ता परिवर्तन सहितका विपद उत्तर कोरियाली जनताले सहनुपर्ने भएकाले सजग हुन सुझाव दिनुभएको हो । अमेरिका र उसका सहयोगी राष्ट्रका सामु उत्तर कोरिया टिक्न नसक्नेपनि रक्षामन्त्री म्याटिसको दावी छ । 

    प्रकाशित:श्रावण २६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्