अमेरिकाद्वारा २ क्युबेली कुटनीतिज्ञ निश्काषित

काठमाडौं

    श्रावण २६, २०७४
    अमेरिकाले २ क्युबेली कुटनीतिज्ञलाई निश्काषित गरेको छ । हाभानास्थित अमेरिकी दुतावासमा रहेका कर्मचारीमा अनौठो शारीरीक कठिनाई देखा परेपछि त्यसमा क्युबाको षड्यन्त्र हुनसक्ने आशंकामा अमेरिकाले पछिल्लो कदम चालेको बीबीसीले उल्लेख गरेको छ ।

    क्युबास्थित अमेरिकी दुतावासका प्रबक्तालगायत केही कर्मचारीको श्रवणशक्ति कम हुँदै गएको अमेरिकाको गृहमन्त्रालयले जनाएको छ । त्यसको यकिन कारण नखुलेपनि कुटनीतिक भवनमा राखिएका यन्त्रका कारण श्रवणशक्ति कम हुँदै गएको आशंका गरिएको छ ।

    क्युबाको विदेशमन्त्रालयले भने त्यसबारे अनुसन्धान भइरहेको जनाएको छ । अमेरिकामा रहेका आफ्ना कर्मचारी निश्काषित गरिनु न्यायोचित नभएको भन्दै क्युबाले आफ्नो भूमिमा रहेका कुटनीतिज्ञ तथा उनीहरुको परिवारविरुद्ध कुनै किसिमको क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

    क्युबा र अमेरिकाबीच लामो समयको द्वेषपूर्ण सम्बन्धको अन्त्य गर्दै सन् २०१५ मा दुई मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।  

     

    प्रकाशित:श्रावण २६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्