कृषियोग्य जग्गामा प्लटिङ नगर्न सरकारको निर्देशन

काठमाडौं

    श्रावण २६, २०७४

    सरकारले कृषियोग्य जग्गा खण्डीकरण गरी बिक्री वितरण नर्गन निर्देशन दिएको छ ।

    जग्गा चक्लाबन्दी गर्ने व्यक्ति, संस्था वा कम्पनीले सम्बन्धित निकायबाट अनुमति लिई वा नलिई कृषियोग्य जग्गा कुनै प्रकारले खण्डीकरण गरी घडेरीका रूपमा बिक्री वितरण नगर्न सरकारले निर्देशन जारी गरेको हो ।

    भूमिसूधार तथा व्यवस्था मन्त्रालयले आज पत्रकार सम्मेलन गरी खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्नका लागि कृषियोग्य जग्गा माथिको बढ्दो खण्डीकरण नियन्त्रण भनेको हो । कृषियोग्य जग्गा माथिको बढ्दो खण्डीकरण नियन्त्रण गर्दै उत्पादकत्व वृद्धि गर्न भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम जग्गा कित्ताकाट गरी घडेरीका रूपमा बिक्री नगर्न निर्देशन जारी गरेको हो ।

    मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’सगोलका अंशियारबीच प्रचलित कानूनबमोजिम अंशबण्डा हुँदा र अदालतको फैसलाबमोजिम कित्ताकाट गर्न बाधा पर्ने छैन, कुनै सीमित कित्ता जग्गा, जग्गाधनीले एक आर्थिक वर्षमा एक पटकभन्दा बढी कित्ताकाट गरी बिक्रीरवितरण गर्न पाउने छैन ।’ 

    जग्गा प्लानिङ अनुमतिबमोजिम बाटो तथा सरकारी र सार्वजनिक जग्गा छुट्याएर खुला क्षेत्र निर्धारण गरी त्यस्तो जग्गा सरकारका नाममा कायम गरिसकेको खण्डमा भने बाकी जग्गा कित्ताकाट गरी बिक्री वितरण गर्न बाधा नपर्ने मन्त्रालयले जनाएको छ ।  

     

    प्रकाशित:श्रावण २६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्