काठमाडौंको चर्चब्वाईज सेमिफाइनलमा

ताप्लेजुङ

    श्रावण २६, २०७४
    राष्ट्रिय जागृती क्लव इटहरीलाई २–१ गोल अन्तरमा पराजित गर्दै काठमाण्डौको चर्चब्वाइज क्लव ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

    निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलाईएको अतिरिक्त समयको दोस्रो मिनेटमा नै राज पौडेलले गोल गरेपछि चर्चब्वाईज सेमिफाईनलमा स्थान बनाएको हो । 

    यसअघि खेलको सातौं मिनेटमा मार्टिन अजयले गोल गर्दै चर्चब्वाईजलाई अग्रता दिलाएका थिए । तर ५८ औं मिनेटमा इटहरीका भोला राईले पेनल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

    प्रतियोगितामा भोली सगरमाथा स्पोर्टिङ क्लव बिराटचोक मोरङ र फिदिम स्पोर्टिङ क्लव पाँचथरबीच प्रतिस्पर्धा हुनेछ । 

     

    प्रकाशित:श्रावण २६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्