रोजगार मेला राधानीमा आज शुरु हुँदै

काठमाडौं

    श्रावण २७, २०७४
    तीन वर्षे डिप्लोमा देखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी राजधानीमा आज रोजगार मेला सुरु हुँदैछ । आमास डाउनटाउन युनिभर्सिटीको संयोजनमा पहिलो अन्तराष्ट्रिय रोजगार र करिअर फेयर हुन लागेको हो । मेलामा नेपाल र भारतका बिभिन्न प्रख्यात कम्पनीले रोजगारीका अवसर दिने आयोजकले जनाएको छ ।

    भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा आयोजित मेला भोली सम्म चल्नेछ । भारतका प्रतिष्ठित कम्पनी रिलायन्स, जीओ, र्‍याडिसन होटल लगायत मेलामा सहभागी हुने बताइएको छ । मोबाईल कम्पनी रिलायन्सले १ सय ५० ईलेक्ट्रोनिक्स ईन्जिनियरलाई रोजगारीको अवसर दिने जनाएको छ ।

    र्‍याडिसनले आफूलाई आवश्यक जनशक्ति मेलाबाट छनोट गर्नेछ । मेलामा नेपालका सिप्रदी, टोयटा, श्रद्धा, क्लासिक टेक, विरला टायर, सुबिसु, डिसहोम, यामाहा लगायत १८ कम्पनी सहभागी हुनेछन् । 

     

    प्रकाशित:श्रावण २७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्