स्पेनमा आप्रवासीको संख्या तेब्बरले बढ्यो

काठमाडौं

    श्रावण २७, २०७४
    स्पेन पुग्ने आप्रवासीको संख्या तेब्बरले बढेको छ । सन् २०१७ को ७ महिनासम्म स्पेन पुग्ने आप्रवासी गत बर्षको सोही अवधीको तुलनामा तेब्बरले बढेको आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संगठन आइओएमले जनाएको छ ।

    आइओएमका अनुसार यो बर्ष जुलाईसम्म स्पेन पुग्ने कुल आप्रवासीको संख्या ११ हजार ८ सय ४९ पुगिसकेको छ । सन् २०१६ को बर्षभरीमा स्पेन पुग्ने आप्रवासीको संख्या १३ हजार २ सय ४६ थियो । यो बर्षको पहिलो ७ महिनामा सामुद्रीक मार्गबाट अवैध रुपमा मात्रै ८ हजार ३ सय ८५ आप्रवासी स्पेन पुगेका छन् ।

    यो तथ्यांकलाई विश्लेषण गर्दा हालसम्म सबैभन्दा ठूलो संख्यामा अवैध आप्रवासी पुग्ने गरेको मुलुक ग्रीसलाई स्पेनले उछिन्ने आशंका गरिएको आइओएमले जनाएको छ । रुट सुरक्षित रहेका कारण पनि ठूलो संख्यामा आप्रवासी स्पेन पुगेको हुनसक्ने आईओएमका बरिष्ठ प्रबक्तालालई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

     

    प्रकाशित:श्रावण २७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्