ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न चाहन्छु : मडुरो

काठमाडौं

    श्रावण २७, २०७४

    दुई मुलुकबीच तनाव बढ्दै जाँदा भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष भेटवार्ता गर्न चाहेको बताउनुभएको छ । नवगठित संविधानसभालाई सम्बोधन गर्दै मडुरोले आगामी महिना अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय सभाका क्रममा ट्रम्पसँग छट्टै प्रत्यक्ष भेटवार्ता गर्न चाहेको बताउनुभयो ।

    आफ्नो सरकारविरुद्ध अमेरिकाले षड्यन्त्र गरेको आरोप लगाउँदै मडुरोले त्यसबारे प्रत्यक्ष बसेर छलफल गर्न तयार रहेको बताउनुभयो । प्रजातन्त्रलाई कमजोर बनाउने कार्य गरेको भन्दै राष्ट्रपति ट्रम्पले भेनेजुएलाका समकक्षी मडुरोविरुद्ध प्रतिबन्ध लगाउनुभएको छ । मडुरोले भने ट्रम्पको प्रतिबन्धविरुद्ध अमेरिकी अदालतमा चुनौती दिने बताउनुभएको छ । ह्वाईटहाउसले यसबारे कुनै टिप्पणी गरेको छैन ।

    विपक्षी दल तथा विभिन्न मुलुकको बिरोधका वावजुद राष्ट्रपति मडुरोले संविधान सभा निर्वाचन गर्नुभएको थियो । चरम राजनीतिक तथा आर्थिक संकट खेपिरहेको भेनेजुएलामा गत अप्रिल यता भएको सरकारबिरोधी प्रदर्शनका क्रममा १ सय २० भन्दा बढीले ज्यान गुमाएका छन् ।

     

    प्रकाशित:श्रावण २७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्