सुनको मुल्य ५ सय रुपैयाँले बढ्यो

काठमाडौं

    श्रावण २७, २०७४  

    केही दिन यता लगातार बढेको सुनको मुल्य आज ५ सय रुपैयाँले महंगो भएको छ ।  हिजो प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको सुनको भाउ आज पनि ५ सय रुपैयाँले बढेको हो । यो साउन महिनाको अहिलेसम्मकै उच्च मूल्य हो ।

    सून आज प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै हिजोको तुलनामा चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ । 

    प्रकाशित:श्रावण २७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्