उत्तर कोरियाको सामना गर्न तयार छु : अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी

    श्रावण २७, २०७४ 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको सामना गर्न आफ्ना सैनिक तयार अवस्थामा रहेको बताउनुभएको छ । अमेरिकाले कोरियाली प्रायद्विपमा तनाव बढाई आणविक युद्धतर्फ धकेलेको आरोप उत्तर कोरियाले लगाएलगत्तै ट्रम्पले यस्तो बताउनुभएको हो । ट्रम्पले माइक्रोब्लगिङ साईट ट्वीटरमार्फत उत्तर कोरियाले कुनैपनि मुर्खतापूर्ण कदम चाले त्यसको समाधानका लागि आफ्ना सैनिक सुसज्जित र प्रतिबद्ध रुपमा तयार रहेको उल्लेख गर्नुभएको छ ।

    उत्तर कोरियाले अमेरिकी भू–भागमा पर्ने गुआममा क्षेप्यास्त्र प्रहार गर्ने तयारी अन्तिम चरणमा रहेको बताएपछि दुई मुलुकबीचको तनाव उत्कर्षमा पुगेको छ । त्यसअघि अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले युद्ध बिनाशकारी हुने भन्दै कुटनीतिक तरिकाले समस्या समाधान गनुृपर्ने बताउनुभएको थियो । 

    प्रकाशित:श्रावण २७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्