इङ्लिस प्रिमियर लिगको नयाँ सिजन शुरु हुँदै

एजेन्सी

    श्रावण २७, २०७४ 

    इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आज राती सुरु हुँदैछ । युरोपेली क्लब फुटबलको सबै भन्दा ठुलो प्रतियोगिताको पहिलो खेलमा लण्डन क्लब आर्सनल र लेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ । खेल आर्सनलको घरेलु मैदान इतिहाद स्टेडियममा नेपाली समय अनुसार राती पौने एक बजे सुरु हुनेछ ।

    सिजनको पहिलो उपाधिका रुपमा कम्युनिटी शिल्ड जितेको आर्सनल इपीएलमा पनि सुखद सुरुवात गर्ने दाउमा छ । लियोनबाट ४ करोड ६५ लाख पाउण्डमा लण्डन आएका स्ट्राईकर एलेसान्द्रो लाकाजेट्ले आर्सनलको जर्सीमा प्रिमियर लिगमा डेब्यु गर्दा एलेक्सेज सान्चेज र मेसुट ओजिल मैदान बाहिर रहन सक्नेछन् । दुवै खेलाडीले लण्डन छाड्ने बताई रहदा क्लबसंग अनुबन्धन सम्झौता लम्बाउन समेत मानेका छैनन् ।

    नयाँ सिजनका लागि करिब ५ करोड पाउण्ड खर्च गरेको लेस्टर सिटी समेत प्रतियोगितामा सुखद नतिजा निकाल्नेमा लालायित छ । म्यान्चेष्टर सिटीका पुर्व खेलाडी केलिची इहान्चोले लेस्टरको जर्सीमा डेब्यु गर्न पाउनेछन् । 

     

    प्रकाशित:श्रावण २७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्