निगमले क्षतिपूर्ती बढाएपछि पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं

    श्रावण २७, २०७४
    आयल निगमले इन्धन ढुवानी गर्दा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ती बढाएपछि पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । निगमले पेट्रोलियम पदार्थ ढुवानीका क्रममा हुने नोक्सानी बापत पेट्रोलमा १० र डिजेलमा ३ लिटर क्षतिपुर्ति बढाएपछि एशोसिएसनले हिजो देखि सुरु गरेको आन्दोलन फिर्ता लिएको हो । 

    सहमतिसँगै ढुवानी ब्यवसायीले थानकोट ढिपोबाट ४ हजार पेट्रोल ढुवानी गर्दा अब ४५ लिटर क्षतिपूर्ती पाउने छन् । यस्तै ४ हजार लिटर डिजेल ढुवानी गर्दा २७ लिटर क्षतिपूर्ती उपलब्ध गराउन निगम सहमत भएको हो । आन्दोलन फिर्ता भएसँगै पूर्ववत काममा फर्किएको पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताउनुभयो । व्यवसायीले इन्धन ढुवानी गर्दा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्तीको माग राख्दै निगमका डिपोबाट पेट्रोल ढुवानी नगर्दा बजारमा पेट्रोलियम पदार्थको अभाव सुरु भएको थियो ।

     

    प्रकाशित:श्रावण २७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्