पूर्वाधार विकास बैंकको स्थापनाको लागि इजाजत खुला

काठमाडौं

    श्रावण २७, २०७४

    नेपाल राष्ट्र बैंकले पुर्वाधार विकास बैंकको स्थापनाका लागि इजाजत खुला गरेको छ । केन्द्रीय बैंकले पुर्वाधार विकास बैंकको इजाजत सम्बन्धि नीतिगत व्यवस्था २०७४ जारी गर्दै इजाजत खुला भएको जनाएको हो ।

    पूर्वाधार विकास बैंकको रुपमा स्थापना हुने बैंकको न्यूनतम चुक्ता पूँजी २० अर्ब रुपैयाँ तोकिएको छ । बैंकले न्यूनतम ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने उल्लेख छ । त्यस्तै, संस्थापक शेयर स्वामित्व न्यूनतम ५१ प्रतिशत र कर्मचारीका लागि शुन्य दशमलव २  प्रतिशत शेयर छुट्याउनुपर्नेछ ।

    विदेशी बैंक वा वित्तीय संस्थाको संयुक्त लगानीमा खुल्ने पूर्वाधार विकास बैंकमा विदेशी लगानीकर्ताले न्यूनतम २० देखि ८५ प्रतिशत सम्म सेयर लगानी गर्न पाउनेछन् । यस्ता संस्थाले न्यूनतम १५ प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्नेछ । तर, विदेशी शेयर ५० प्रतिशत भन्दा कम भएमा भने सर्वसाधारणमा ३० प्रतिशत नै शेयर जारी गर्नुपर्नेछ ।

    राष्ट्र बैंकले नेपाली संस्थापक समुहले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा तथा सापट लिएर पूर्वाधार विकास बैंकमा लगानी गर्न नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको ६ महिनाभित्र कम्पनी दर्ता गराउनुपर्ने नितिगत व्यवस्थामा उल्लेख छ ।

     

    प्रकाशित:श्रावण २७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्