उत्तर कोरियाको सामना गर्न अमेरिका तयार छ –राष्ट्रपति ट्रम्प

एजेन्सी

    श्रावण २८, २०७४
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले / आफ्ना सेना उत्तर कोरियाको सामना गर्न तयार रहेको बताउनुभएको छ । उत्तरले समझदारी पुर्ण रुपमा कदम नचालेको खण्डमा उसले अमेरिकालाई ठूलो मुल्य चुकाउनुपर्ने राष्ट्रपति ट्रम्पको भनाई छ । अमेरिकाले कोरियाली प्रायद्धिपलाई आणविक युद्धको नजिक लगेको उत्तरले आरोप लगाएको थियो ।

    यसै विषयलाई  लिएर दुई देश बीच पछिल्लो केही दिनयता आरोप प्रत्यारोपको क्रम चलिरहेको छ । अमेरिकि द्धिप गुआममा मिशाईल आक्रमण गर्ने उत्तरको भनाई आएसंगै अमेरिकाले सचेत रहन सुझाव दिएको थियो ।

    गुआममा मिशाईललाई परास्त पार्न सक्ने क्षमताको प्रणाली जडान गरिसकिएकाले आफ्ना जनतालाई ढुक्क हुन राष्ट्रपति ट्रम्पले आग्रह समेत गर्नु भएको छ ।   

     

    प्रकाशित:श्रावण २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्