ईङलिश प्रिमियर लिग फुटबलको नयाँ सिजन शूरु

काठमाडौं

    श्रावण २८, २०७४
    ईङलिश प्रिमियर लिग फुटबलको नयाँ सिजन गएरातीबाट शूरु भएको छ । लिगको उद्घाटन खेलमा गएराती आर्सनलले लेष्टर सिटिमाथि ४–३ को संर्घषपुर्ण जित निकालेको छ । ईमिरेट्स स्टेडियममा पहिलो हाफ २–२ को बराबरीमा सकिएको खेलको दोस्रो हाफ थप रोमाञ्चक बनेको थियो । ५६ औं मिनेटमा जेम्स भर्डिले गोल गर्दै लेष्टरलाई ३–२ को अवस्थामा पुर्‍याए ।

    ८३ औं मिनेटमा आरोन राम्से र त्यसको २ मिनेट पछि ओलिभर जिराउडले गोल गर्दै आर्सनललाई महत्वपुर्ण जित दिलाएका थिए । ७० प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेको आर्सनलले गोल गर्न भने निकै संर्घष गर्नुपरेको थियो । प्रतियोगीता अन्र्तगत आज ७ खेल हुनेछन् ।    

     

    प्रकाशित:श्रावण २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्