पहिरो खस्न नरोकिएपछि पुरै बस्ती खाली

- हरिहरसिंह राठौर, धादिङ
  • ३० परिवारले घर छाडे

श्रावण २८, २०७४ 

धादिङको उत्तरी क्षेत्रको सेर्तुङ्ग–९ हाल रुवीभ्याली ४ हिन्दुङको पुरै बस्ती पहिरोको जोखिममा परेको छ । आईतवार रातीदेखिको अविरल वर्षाका कारण झरेको पहिरो हाल सम्म पनि रोकिएको छैन् । गत आईतवार रातीबाट झरेको पहिरो नरोकिए पछि हिन्दुङ्गका ९६ घरपरिवारले बस्ती खाली गरी अन्त्यत्र सरेका छन ।

बस्ती छोडेका गाउँलेलाई माथि डांडाको मालेखर्कमा अस्थायी शिविरमा राखिएको छ । त्रिपाल अभावमा विस्थापित पुरै परिवारलाई व्यवस्थापन गर्न नसकिएको उद्धारमा संलग्न स्थानीय युवा छेसिंह तामाङ्गले बताए । पहिरोका कारण गत आईतवार राती ३० घरले बस्ती छोडेको सो गाउँमा आज बिहानबाट पुरै बस्ती खाली गरिएको छ । बस्ती निकै  विकट भएको र पानी नरोकिएकाले २४ सय मिटर उचाईको सो बस्तीमा जाडो पनि थप बढेको छ । 

उनले भने, ‘४४ घरलाई पहिरोले घेरी ससकेको छ, पहिरो खस्ने क्रम र जमिन नै भास्सिन र बग्न नछोडे पछि पुरै बस्ती खाली गराईएको हो’ ।  

भुकम्प लगत्तै ५० घरपरिवार सदरमुकाममा विस्थापित भै आएको सो बस्ती बस्न योग्य हुने वा नहुने बारे अझै निक्र्यौल गरिएको छैन । 

‘हामीले भुगर्भविद्हरु पठाई अध्ययन गरी दिन हुन पटक पटक जिल्ला र केन्द्रमा निवेदन दिएपनि कुनै सुनुवाई भएन ’ सो बस्तीमै घर भएका नेविसंघका पुर्व जिल्ला अध्यक्ष सेतेमान तामाङ्गले बताए ।    

‘माथिबाट पहिरो खस्छ । तलबाट भासिदै छ । वर्षाैदेखि बस्दै आएको घर भूकम्पले ढल्यो । अहिले अस्थायी टहरामै छन् । भूकम्पपछि चेक जाँचका लागि गाउँ पुगेको टोलीले हेन्दुङ बासिन्दालाई अन्यत्रै सार्नु पर्छ भनेको थियो । 

वडा सचिव यन्द्र काफ्लेले भन्नुभयो, ‘बस्ती अध्ययन गर्ने वैज्ञानिक आएर हेरफेर गरी बस्ती अन्यत्र सार्न सिफारिस गर्छन् रे भन्ने मात्रै सून्यौं तर अध्ययन गर्न हाल समम कोही आएनन् । भूकम्पले बस्दै आएको घर भत्किएपछि सरकारले दिएको अनुदान स्वरुपको पहिलो किस्ता ५० हजार रुपैयाँ रकम लिएर नुर्बु तामाङले सामान्य घर बनाएका छन् । तर पहिरोले कति खेर पुरिने हो झनै पिरलो थपिएको छ । 

सहायक प्रजिअ लिलाधर अधिकारीले सो बस्तीमा हेलिकप्टरबाट लैजान राहत तथा खाद्यान्न सामाग्री सदरमुकाम भए पनि मौसम खराबीका कारण हेलिकप्टर लैजान नसकिएको जानकारी दिनुभयो । 

 

प्रकाशित:श्रावण २८, २०७४

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्