अनावश्यक विवाद नबढाउन अमेरिका र उत्तर कोरियालाई चीनको आग्रह

एजेन्सी

    श्रावण २८, २०७४
    चीनले आणविक कार्यक्रमका विषयमा उत्तर कोरिया र अमेरिकालाई अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरेको छ ।

    उत्तर र अमेरिकाबीच आणविक कार्यक्रमलाई लिएर  आरोपप्रत्यारोप उत्कर्षमा पुगेपछि चीनको यस्तो प्रतिक्रिया आएको हो । विगतमा उत्तरको सहयोगीका रुपमा रहेको चीनले दुवै देशलाई संयमीत हुन भनेको हो । राष्ट्रपति ट्रम्पसंग भएको टेलिफोन वार्तामा चीनियाँ राष्ट्रपति सि जिनपिङले तनाव उत्पन्न भइरहेको कोरियाली प्रायद्धिपमा शान्ति स्थापनका विषयमा कुराकानी गर्नुभएको थियो ।

    उत्तर कोरियाको उत्तेजक व्यवहार रोकिनुपर्नेमा चीन र अमेरिका सहमती जनाएको ह्वाइट हाउसद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको बताइएको छ । ट्रम्पसंगको टेलिफोन वार्तामा सि ले सम्बन्धित पक्षले स्थिती तनावपूर्ण बनाउने आरोपप्रत्यारोप रोक्नुपर्ने बताउनुभएको चीनिया समाचार संस्थाले बताएको छ । यद्यपी, ह्वाइट हावसले जारी गरेको विज्ञप्तीमा अमेरिकी राष्ट्रपतिलाई इंगित गर्दै आग्रह नगरिएको बताएको छ ।  अमेरिकी द्धिप गुआममा मिशाईल आक्रमण गर्ने उत्तरको घोषणसंगै अमेरिकालाई सचेत रहन सुझाव दिइएको थियो । जवाफमा  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको सामना गर्न अमेरिका तयार भएको अभिव्यक्ति दिएपछि चिनियाँ राष्ट्रपति सी जिङ् पिङको यस्तो प्रतिक्रिया आएको बीबीसीले उल्लेख गरेको छ ।

    गत जुलाईमा अन्तरमहाद्धिपिय ब्यालेष्टिक क्षेप्यास्त्र परिक्षण गरेपछि उत्तरको आणविक कार्यक्रमलाई लिएर अमेरिका रुष्ट भएको थियो । यस्तै, गत हप्ता उत्तरको कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसंघले समेत आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । 

     

    प्रकाशित:श्रावण २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्