सप्तकोशीको ढोका खोल्ने कुटनीतिक पहल थाल्न परराष्ट्रलाई गृहको आग्रह

काठमाडौं
    गृह मन्त्रालयमा आज बसेको बैठकले सप्तकोशीमा पानीको बहाव उच्च रहेको र समयमै ढोका नखोले थप विपत्ती हुने निष्कर्ष निकालेको थियो ।

    श्रावण २८, २०७४  

    सुनसरी र सप्तरीको सीमामा रहेको सप्तकोशीको ढोका खोल्न परराष्ट्रमन्त्रीलाई कुटनीतिक पहल थाल्न गृहमन्त्री जर्नादन शर्माले अनुरोध गर्नु भएको छ । हिजोदेखि सुरु भएको अत्याधिक वर्षाका कारण सप्तकोशीमा पानीको बहाव उच्च रहेको र समयमै ढोका नखोले थप विपत्ती हुने भन्दै भारतसँग कुटनीतिक पहल गर्न गृहमन्त्री शर्माले परराष्ट्रमन्त्रीलाई अनुरोध गर्नु भएको हो ।

    गृह मन्त्रालयमा आज बसेको बैठकले सप्तकोशीमा पानीको बहाव उच्च रहेको र समयमै ढोका नखोले थप विपत्ती हुने निष्कर्ष निकालेको थियो । गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले बैठकपछि गृहमन्त्रीले ढोका खोल्नेबारे पहल सुरु गरेको जानकारी दिनुभयो । गृह मन्त्रालयले सप्तकोशीको अवस्था बुझ्नका लागि क्षेत्रिय प्रशासन कार्यालयलबाट निरन्तर सम्पर्क जारी राखेको छ । 

    प्रकाशित:श्रावण २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्