बाढीले माडीमा १६ घरमा क्षति

- शिव पुरी , चितवन

    श्रावण २८, २०७४  

    लगातारको बर्षा पछि चितवनको रियू र चितै खोलामा आएको बाढीले माडी नगरपालिकाको १६ घरमा क्षति पुगेको छ । त्यहाँका १० वटा पुल बगाएकाले यातायात बन्द भएकाले आवागमनमा कठिनाई भएको छ । बाढीबाट जोगाउन लगाईएको १२ वडा ड्याममा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार ३ सय घरमा आशिंक क्षति पुगेर बस्न नहुने भएको छ ।

    बाढी पीडितलाई छिमेकीको घर, स्कुल र अन्य स्थानमा बासस्थानको ब्यवस्था मिलाउन जनप्रतिनिधिलाई प्रजिअ भट्टले आग्रह गर्नुभएको हाम्रा सहकर्मीले जनाएका छन्  । साथै, सो क्षेत्रमा तत्काल राहत सामाग्री सहित बासस्थानको जोहो गर्न स्थानीय प्रशासनले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

    प्रकाशित:श्रावण २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्