पहिरोले पुरिएर दार्जिलिङमा दुईको मृत्यु

- पर्वत पोर्तेल , दार्जिलिङ

    श्रावण २८, २०७४  

    तीन दिन देखिको अविरल वर्षाका कारण दार्जिलिङका विभिन्न स्थानमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी दार्जिलिङ आलुबारी निवासी मनकुमारी राई र  गड्डीखान निवासी ७८ वर्षीय नर्बु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यसैबीच पहिरोका कारणले लेबोङ कार्ट रोड बन्द भेको छ भने हरिदास हट्टा, सिंहमारी लगायतका स्थानीय बासिन्दाहरूको जीवन अस्तव्यस्त भएको छ । पहिरोको चपेटमा परेर गड्डीखानका चार परिवार विस्थापित भएका छन् भने सिंहमारी भोटेधारा निवासी नरेन छेत्रीको घर पनि पहिरोले पुरिएको छ । 

    प्रकाशित:श्रावण २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्