बाढीले बर्दियामा दुई सय भन्दा बढी घर डुवानमा

- कमल पन्थी, बर्दिया

    श्रावण २८, २०७४ 

    हिजो रातीबाट शुरु भएको अविरल वर्षापछि बर्दियाको बबई र मानखोलामा आएको बाढीले दुई सय १३ घर डुवानमा परेको छ । बाढीले सबैभन्दा बढी बारबर्दिया नगरपालिका प्रभावित भएको छ । प्रहरीले दिएको जानकारी अनुसार बारबर्दिया—३ मा ५३, वनगौढीमा २५, बासगढी—८ मा १५, बासगढी—४ मा २५ घर गरी १ सय १८ घर डुवानमा परेको छ ।

    बासगढी—१ चेपाङ्गमा तुल बहादुर विकको घर बाढीले क्षती हु‘दा भाडामा बस्ने तीन जना घाईते भएका छन् । ती मध्ये नमकली विकको अवस्था गम्भिर छ । बारबर्दिया—९ मा १८ घर डुवानमा परेको छ । बाढीले बगाउँदा बारबर्दिया—१० का २९ वर्षीय राजेन्द्र चौधरी वेपत्ता भएको प्रहरी उपरिक्षक भरत बहादुर बोहोराले बताउनुभयो ।

    बाढीले २ सय घर परिवारको १ हजार ५ सय बढी विस्थापित भएका छन् । उनीहरुलाई जिल्ला रेडक्रसले राहत र त्रिपाल वितरण गर्न थालेको छ । बाढीले गुलरिया—नेपालगन्ज सडक खण्डको ईन्द्रपुर डुवानमा परेपछि आवागमन प्रभावित भएको छ । गुलरिया नगरपालिकाको थपुवा, टडुवा, सुर्यगौढी, लटकनिया लगायत क्षेत्र डुवानमा परेको जिल्ला आपातकालिन कार्य सम्पादनका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । 

    प्रकाशित:श्रावण २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्