राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधि चयन

काठमाडौं

    श्रावण २८, २०७४ 

    काठमाण्डौमा आगामी भाद्र ७ देखी ११ गतेसम्म हुने राष्ट्रिय सम्मेलनका लागि अखिल क्रान्तिकारीले आज देशभर एकै दिन केन्द्रीय प्रतिनिधि चयन गरेको छ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्न लागेको अखिल क्रान्तिकारीले देशभरबाट केन्द्रीय प्रतिनिधि चयन गरेको हो । राष्ट्रिय अधिवेशनमा आयोजक र प्रतिनिधि गरेर २ हजार ७६ जनाले सहभागिता जनाउनेछन् ।

    संगठनलाई चुस्त बनाउन भन्दै अखिल क्रान्तिकारीले यस पटक ३१ सदस्यीय पदाधिकारी र २ सय ४३ केन्द्रीय सदस्यको कमिटी बनाउने तयारी गरेको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताउनुभयो । 

    प्रकाशित:श्रावण २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्