एकीकृत भएर उद्धार कार्यमा लाग्न चारवटै सुरक्षा निकाय प्रमुखलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं

    श्रावण २८, २०७४

    प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्धार गर्न चारै वटा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ गृहमन्त्री, रक्षामन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीलाई बोलाएर देउवाले ढुवानमा परेका क्षेत्रमा तत्काल उद्धार कार्य तदारुकताका साथ अघि बढाउन निर्देशन गर्नुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरु अव काठमाडौं बस्ने होईन, प्रभावित क्षेत्र पुग्नुहोस्, उद्धारमा एकीकृत भएर काम गर्नुहोस् ।’

    प्रधानमन्त्रीले बाढीका कारण थप ढुवानमा पर्न सक्ने क्षेत्रको पहिचान गरी सो क्षेत्रमा उच्च सतर्कता उपनाउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनुभयो । बाढी पीडितको उद्धार, राहत तथा स्थानान्तरणका लागि जस्तो सुकै सहयोग गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाई थियो । 

    बैठकमा गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्र ८० प्रतिशत ढुवानमा परेको जानकारी गराउँदै प्रतिकुल मौसमका कारण उद्धारकार्य प्रभावकारी बन्न नसकेको बताउनुभएको थियो । 

    प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना उद्धार कार्यमा खटिईसकेको बताउँदै सवै बिमानस्थलमा हेलिकप्टर तयारी अवस्थामा राखिएपनि खराब मौसमका कारण उद्धारमा पठाउन नसकिएको जानकारी गराउनुभएको थियो । 

     

    प्रकाशित:श्रावण २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्