लिभरपुल वाटफोर्डसँग बराबरीमा रोकियो

एजेन्सी

    श्रावण २८, २०७४

    प्रियिमर लिग फुटबलको पछिल्लो खेलमा लिभरपुलले वाटफोर्डसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

    दुई पटक खेलमा पछि परेको लिभरपुलले उत्कृष्ट पुनरागमन जनाउदै निर्धारत समयमा ३–२ को अग्रता लिएको थियो । तर इन्जुरी समयमा वाटफोर्डका मिगाल ब्रिटोसलेले नाटकिय गोल गरेपछि लिभरपुल अंक बाड्न बाध्य भयो । 

    खेलमा अग्रता घरेलु टोलीले आठौ मिनेटमा ओकाकाको गोलबाट लिएको थियो । साडियो मानेले २९ औ मिनेटमा बराबरी गोल फर्काएपनि डिफेन्सले क्लियर गर्न नसकेको बलमा वाटफोर्डका डिउकाउरेले घरेलु टोलीलाई पुन अग्रता दिलाए ।

    फिमिनोले ५५ औ मिनेटमा पेनाल्टीमार्फत लिभरपुललाई खेलमा फर्काएका थिए । त्यसको ३ मिनेटपछि डेब्यु म्याचमा गोल गर्दै मोहमद सालकले पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।  

     

    प्रकाशित:श्रावण २८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्