बर्षाले जनजीवन प्रभावित

काठमाडौं

    श्रावण २९, २०७४

    लगातारको बर्षाले तराईका अधिकांश जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । बर्षा नरोकिएपछि तराई मधेशका अधिकांश जिल्ला डुबानमा परेका छन् । हजारौं सर्वसाधरण घरवारविहिन भएका छन् । लगातारको बर्षाले सडक अवरुद्ध हुँदा उद्धारमा समेत कठिनाई भएको छ । बिजुली र सञ्चार सम्पर्क समेत विच्छेद भएको छ । बढी डुवानमा परेका मध्ये झापा र रौतहटमा उद्धारको काम निकै सुस्त रहेको हाम्रा सहकर्मीले जनाएका छन् ।

    डुबानबाट पूर्वी तराई बढी प्रभावित भएको छ । बाढी पहिरोबाट विगत ३ दिनयता ३ दर्जन भन्दा बढीको मृत्यु भइसकेको छ । एक दर्जन भन्दा बढी बेपत्ता छन् । दुईदिन देखिको  अविरल बर्षाका कारण बर्दियाको अधिकांश स्थान डुबानमा परेका छन् । बबई नदीमा आएको बाढीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने ५ हजार घर परिवार विस्थापित भएका छन् ।

    विस्थापित भएका परिवार विद्यालय, सरकारी कार्यालय, आश्रय स्थलमा ओत लागेर बसेको हाम्रा सहकर्मीले जनाएका छन् । गुलरियास्थित पशुहाटमा बनाएको तटबन्ध बगाएपछि कोठिया, ठपुवा, रत्नपुर, बालापुर, तुल्सीपुर, तडुवा लगायतका दर्जनौं गाउँ डुबानमा परेका छन् । 

     

    प्रकाशित:श्रावण २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्